९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

हात्तिपाइले औषधि खुवाउने अभियान थालनी


जनमञ्च संवाददाता
  • ११ फाल्गुन २०७९ , बिहिबार

  • हात्तिपाइले औषधि खुवाउने अभियान थालनी

    तस्बिर खिमा रानाको फेसबुकबाट
    बागलुङ, ११ फागुउन– हात्तिपाइले बिरुद्धको आम औषधि सेवन अभियान शुरु भएको छ । बिहिबार बागलुङस्थित धौलागिरि अस्पतालमा जिल्ला समन्वय प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ लगायतले औषधि सेवन गरे अभियानको थालनी गरे ।
    बागलुङ नगरपालिका र स्वास्थ्य कार्यालय बागलुङको अभियानअन्र्तगत शुभारम्भ गरिएको थियो । त्यसअघि बुधबार जिल्लाका बिद्यालयमा औषधि खुवाइसकिएको छ । औषधि खाएर समन्वय प्रमुख थापाले आम नागरिकको स्वास्थ्य सुरक्षामा सबैको चासो हुनुपर्ने भन्दै सबैले औषधि नखाए राज्यको सम्पत्तिको नास हुने बताए ।
    नगर प्रमुख श्रेष्ठ र प्रजिअ रोशनीकुमारी श्रेष्ठले पनि औषधि सबैले खाने वातावरण बनाउने बताएका थिए ।
    कार्यक्रममा जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले कार्यक्रमबारे जानकारी गराएका थिए । बिहिबार जिल्लाभर टोल टोलमा हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाइएको छ । २०६६ सालदेखि नियमित हात्तिपाइलेको औषधी खुवाइएको थियो । तर, सबैले नखाँदा रोग निवरण हुन सकेको छैन ।
    रोग निर्मुल पार्न यो पटक आम औषधि खुवाउने कार्यक्रम गरिएको हो । बागलुङमा २ लाख ५४ हजारले यो औषधि खाने लक्ष्य छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend