९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

असला पारखीको गन्तव्य बन्दै तातोपानी


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०७९ , सोमबार

  • असला पारखीको गन्तव्य बन्दै तातोपानी

    म्याग्दी, १५ फागुन– जिल्लाको बेनी नगरपालिका वडा नम्बर ४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ ।
    असला माछाको स्वाद लिन देशका विभिन्न ठाउँबाट पाहुना आउन थालेका तातोपानीको थकाली होटलकी सञ्चालक मना तुलाचनले बताए । ‘यसअघि तातोपानीमा डुबेर उपचार गराउन आउने बिरामीलाई पोषिलो खुराकका रुपमा प्रयोग हुने असला माछाको स्वाद लिन पछिल्लो समय टाढा–टाढाबाट पाहुना आउनुहुन्छ’ तुलाचनले भने ।
    बेनीबाट ८ किलोमिटर टाढा रहेको तातोपानी जोड्ने सडक कालोपत्रे भएपछि कुण्डमा स्नान गर्ने र असला माछाका पारखीको गन्तव्य बनेको हो । देशका विभिन्न ठाउँका पाहुना माछाको स्वाद लिन आउने गरेको होटल व्यवसायी पदम बानियाँले बताए ।
    उहाँका अनुसार मुस्ताङ जाने र फर्कने क्रममा तातोपानी स्नान गर्न आउँछन् । ‘स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले माछालाई पौष्टिक आहारका रूपमा खाने गर्दथे’ बानियाँले भने, ‘पछिल्लो समय तातोपानी घुम्न आउने पर्यटकले स्नान गरेपछि ताजा माछाको सुप बनाएर खाने र फ्राइ गरेर कोसेली लिएर फर्कने गरेका छन् ।’
    म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाट समेत माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन् । ताजा माछाप्रति केजी १ हजार पाँच सय र प्रतिप्लेट माछा चार सयदेखि पाँच सयमा बिक्री हुँदै आएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend