९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ताकममा निर्माणाधिन पालिकास्तरीय अस्पतालको भवन अलपत्र


जनमञ्च संवाददाता
  • १७ फाल्गुन २०७९ , बुधबार

  • ताकममा निर्माणाधिन पालिकास्तरीय अस्पतालको भवन अलपत्र

    बागलुङ, १७ फागुन– निर्माण सम्पन्न हुनुपर्ने समयमा म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा निर्माण थालिएको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ ।
    भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै निर्माण व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवनको काम एक वर्षयता अलपत्र परेको स्थानीयवासी देवेन्द्रबहादुर थापाले गुनासो गरे ।
    भवन बनाउन २०७८ वैशाखमा बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले ४ करोड ७९ लाख ४० हजार तीन सय ३४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।
    पाँच शैया क्षमताको अस्पतालका लागि दुईतले १६ कोठे दुईतले भवन निर्माण गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माण कम्पनीका प्रतिनिधिलाई रोकिएको भवन निर्माण अघि बढाउन ताकेता गरिएको बताए ।
    आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचार कक्षसहित भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री भवन बनाउन लागिएको हो । समयमै भवन नबन्दा अस्पताल सञ्चालनको तयारी प्रभावित बनेको वडाध्यक्ष अशोक खत्रीले बताए ।
    ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलानको काम गरेको छ । २०७७ पुस २२ गते प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गरेको भवनको हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको छ ।
    गाउँपालिकाका सवइन्जिनियर लोकेन्द्र रावलका अनुसार, निर्माण कम्पनीले पालिकाबाट ९२ लाख ५० हजार रकम भुक्तानी लगेको छ । संघ सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार ताकममा भवन निर्माण हुन लागेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend