९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धवलागिरि बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशन


जनमञ्च संवाददाता
  • २१ फाल्गुन २०७९ , आइतबार

  • धवलागिरि बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशन

    बागलुङ, २१ फागुन– स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशन गरिएको छ ।
    चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार गत १९ गते संघ संगठन दर्ता भैसकेपछि मतदाता नामावली प्रकाशन गरिएको हो । क्याम्पसमा बिभिन्न संकायमा अध्यनरत १ हजार ७ सय ४६ जना बिद्यार्थीको नामावली प्रकाशन भएकोे छ ।
    क्यापसमा बिविएतर्फ १ सय ४२, बिविएसतर्फ ७ सय ७४, बिएडतर्फ ५ सय ४०, बिएससीतर्फ ६९, बिएतर्फ ८९, एमएतर्फ २१, एमएडतर्फ ३६ र एमवीएसतर्फ ६२ जना बिद्यार्थी भर्ना भएको क्याम्पस प्रशासनले जनाएको छ ।
    निर्वाचन कार्यक्रमअनुसार फागुन २५ गते मतदाता सुचि उपर दाबी बिरोध, दावी बिरोध छानविन गरि अन्तिम नामावली प्रकाशन, २६ गते प्रत्यक्ष तथा समानुपातिक उमेदवारका लागि मनोनयन पत्र बितरण, २७ गते प्रत्यक्ष तथा समानुपातिक उमेदवारको नामावली दाखिला, प्रत्यक्ष तर्फको उमेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले जानकारी दिए ।
    त्यसैगरी, २८ गते उमेदवारको नामावली उपर दावी बिरोध, दावि बिरोध उपर छानविन गरि उमेदवारको नामावली प्रकाशन, २९ गते उमेदवारको नाम फिर्ता लिने, उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको तालिका रहेको न्यौपानेले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend