९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

राष्ट्रि जनमोर्चाद्वारा १९ बुँदे प्रस्ताव पारित


जनमञ्च संवाददाता
  • २३ फाल्गुन २०७९ , मंगलबार

  • राष्ट्रि जनमोर्चाद्वारा १९ बुँदे प्रस्ताव पारित

    बागलुङ, २२ फागुन– राष्ट्रिय जनमोर्चा बागलुङको ७ औं जिल्ला सम्मेलनले १९ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । सम्मेलनले नयाँ नेतृत्व चयनसंगै प्रतिगामी चलखेललाई निरुत्साहित पार्दै संविधानका सकारात्मक उपलव्धीको रक्षाका जोड दिएको छ ।
    राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र धर्मनिरपेक्षताको रक्षा गर्नुपर्नेमा जोड दिदै संघियताको खारेज गरि प्रजातान्तिक बिकेन्द्रीयतामा आधारित स्थानीय स्वसाशन सहितको एकात्मक राज्य प्रणाली लागु गर्नुपर्नेमा जोड दिएको अध्यक्ष राजेन्द्र ढुंगानाले जारी गरेको प्रेस नोटमा उल्लखे गरिएको छ ।
    सम्मेलनले जनताको दैनिक उपभोग्य बस्तुमा भएको मुल्यबृद्धि र कर बृद्धिको नियन्त्रण, कालोबजारी, घुसखोरी र अराजकताको अन्त्य गर्नुपर्ने, देशमा बित्तिय शुसासन नुहँदा आर्थिकमन्दीको अवस्था सृजना भएकाले यसलाई रोक्न राष्ट्रिय पूँजीको बिकासमा जोड दिदै अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड दिएको अध्यक्ष ढुंगानाले बताए ।
    त्यसैगरी, बागलुङको मध्यभाग भएर जाने मध्यपहाडी लोकमार्ग, दक्षिणभेगको कालीगण्डकी करिडोर र मालढुंगा कुश्मीशेरा बरेङ मोटरबाटोको निर्माण कार्य दु्रत गतिमा सम्पन्न गर्नुपर्ने, ग्रामिण पर्यटनको बिकासका लागि पर्यटकिय स्थलको पहिचान, बजेट व्यवस्थापन र प्रचार प्रचार गर्नुपर्नेमा लगाएतका बिषयमा सम्मेलनले जोड दिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend