९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

हात्तीपाइले विरुद्धको औषधि थप पाँच दिन खुवाइने


जनमञ्च संवाददाता
  • २६ फाल्गुन २०७९ , शुक्रबार

  • हात्तीपाइले विरुद्धको औषधि थप पाँच दिन खुवाइने

    काठमाडौं, २६ फागुन– सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । आजसम्म खुवाइने भनेता पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो ।
    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी दिए । यसअघि यही फागुन ११ देखि सुरु भएको अभियान फागुन २५ गतेसम्मका लागि मात्र तोकिएको थियो । उनले अभियानका क्रममा धेरै बिदा भएकाले कोही नछुटुन् भनेर भोलिदेखि पुनः पाँच दिन अभियानलाई निरन्तरता दिने बताए ।
    हात्तीपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा यही फागुन ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइएको छ ।
    औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तीपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ । हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तीपाइले रोग लागेका खुट्टा सुनिने, पुरुषमा अण्डकोष सुनिने तथा महिलामा स्तन सुनिने गर्दछ ।
    महाशाखाले चार जिल्ला बारा, लमजुङ, पर्वत र बागलुङमा दुई प्रकारको औषधि र ११ जिल्लामा झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, रसुवा, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा तीन प्रकारको औषधि खुवाएको छ । दुई प्रकारको औषधिमा अल्वेण्डाजोल र डाइइथाइल कार्बावाजिन तथा तीन प्रकारको औषधिमा अल्वेण्डाजोल, डाइइथाइल कार्बावाजिन र आइभरमेक्टिन खुवाइन्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend