९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

वडा तहमा ‘मिसन ग्रासरुट’ : कार्यकर्ताहरुमा उत्साह


जनमञ्च संवाददाता
  • ६ चैत्र २०७९ , सोमबार

  • वडा तहमा ‘मिसन ग्रासरुट’ : कार्यकर्ताहरुमा उत्साह

    बागलुङ, ६ चैत्र– नेकपा एमलोले पार्टी संगठनलाई सुदृढ र सशक्त बनाउन सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान वडा तहसम्म पुग्दा पार्टी कार्यकर्ताहरुमा उत्साह देखिएको छ ।
    केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटिको अभिमुखीकरणपछि वडा तहमा केन्द्रित भएको अभियानले पार्टी सदस्यहरुमा नयाँ उत्साह थपेको गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य लिला रानाले बताए । ‘पार्टी सबै तहका सरकारमा प्रतिपक्षमा रहने अबस्था आउँदा समेत कार्यकर्ताले अर्को दलको कार्यकर्ता आकर्षण गरिरहेका छन्’ रानाले भने ।
    चैतको पहिलो सातादेखि वडा र टोलस्तर केन्द्रीत भएको ग्रासरुट अभियानले जनसंगठनलाई समेत क्रियाशिल बनाएको छ । आफ्नो सदस्यता आफै उपस्थित भएर नविकरण गर्नुपर्ने बाध्यकारी प्रावधानले कार्यकर्तामा थप उत्साह थपेको रानाको बुझाई छ ।
    अभियानमार्फत एमालेलाई बागलुङमा पहिलो शक्तिका रुपमा स्थापित गरिने जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताए । अभियानमा पार्टी, कार्यकर्ता र जनता बीचको सम्बन्धलाई कसिलो बनाउने तथा पार्टी सदस्यता नवीकरण, विस्तारको साथै जनताका समस्या, गुनासा र अपेक्षाहसमेत संकलन गरिने एमाले बागलुङले जनाएको छ ।
    ‘मिसन ग्रासरुट’ अभियानका लागि एमालेले बागलुङमा चार जना केन्द्रिय सदस्य खटाएको छभने प्रदेश र जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु गाउँ गाउँमा पुगेका छन् ।
    ‘निर्वाचनमा भन्दा गहिरो गरी पार्टीको अभियान जनताको घर दैलोमा पुगेको छ’ पार्टी अध्यक्ष केसीले भने ‘एमाले भोट माग्न चुनावमा मात्रै घरदैलोमा आउँदैन, जनताका सुखदुखमा पनि साथमा छभन्ने सन्देश प्रवाह भएको छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend