बागलुङ, १७ चैत्र– छिमेकी लघुबित्त बित्तिय संस्था बागलुङले तरकारी खेती सम्बन्धी ३ दिने आधारभुत तालिम सम्पन्न गरेको छ । सिपमुलक तालिम दिएर आत्मनिर्भर गराउने उदेश्यले संस्थाका ३३ जना सदस्यलाई तालिम दिएको छिमेकी लघुबित्त बित्तिय संस्था बागलुङका प्रवन्धक सरोज अधिकारीले जानकारी दिए ।
तालिमको सहजिकरण सामाजिक बिकास तथा ग्राहक संरक्षण बिभागका कृषि प्राविधिक निशान्त श्रेष्ठले गरेका थिए । आफ्ना ग्राहकलाई सिप सिकाई उद्यमसिल बनाउने उदेश्यका साथ बागलुङ र पर्वतका ३३ जनालाई तालिम दिईएको प्रवन्धक सरोज अधिकारीले बताए । तालिमका सहभागिले सिकेका कुरा व्यवहारमा लागु गर्ने प्रतिवद्वता जनाएका थिए ।