बागलुङ, १९ चैत्र– टेलरिङ्ग ब्यबसायी संघ बागलुङको दोस्रो बार्सिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न भएको छ ।
दोस्रो बार्षिक साधारणसभाको नेपाल टेलरिङ्ग ब्यबसायी महासंघ गण्डकी प्रदेश संयोजक एबम् बागलुङका पुर्ब अध्यक्ष धनबहादुर परियारले गरे ।
कार्यक्रममा बोल्दै परियारले छरिएर रहेका सम्पुर्ण व्यवसायी एकताबद्ध भएर अहिलेको बजारसंग संघर्ष गर्दै आधुनिकतासंग जोडिनुपर्नेमा जोड दिए । उनले व्यवसायलाई आधुनिकतामा परिमार्जन गर्न नसकेमा धरासाई वन्ने अवस्था आएकाले समय अनुसार परिवर्तन हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका सहकोषाध्यक्ष महेन्द्र प्रसाद शर्मा, कपडा तथा फेन्सी ब्यबसायी संघका अध्यक्ष रामचन्द्र शर्मा, म्याग्दी टेलरिङ ब्यबसाय संघका अध्यक्ष डम्मर कार्की र पर्बत ब्यबसायी संघका अध्यक्ष नवीन सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ टेलरिङ्ग ब्यबसायी संघका अध्यक्ष प्रेमकुमारी शिरीषको अध्यक्षता, संघका कोषाध्यक्ष राज कुमार बर्देवाको स्वागत र सचिब कृष्ण समीरको संचालनमा सम्पन्न भएको थियो ।