९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सरकार अर्थतन्त्र ध्वस्त बनाउन तल्लिन : एमाले सचिव अर्याल


जनमञ्च संवाददाता
  • २३ चैत्र २०७९ , बिहिबार

  • सरकार अर्थतन्त्र ध्वस्त बनाउन तल्लिन : एमाले सचिव अर्याल

    नेकपा एमालेकी सचिव पद्मा अर्यालले दश दलिय गठबन्धन सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाउन तल्लिन रहेको आरोप लगाएकी छन् ।
    गठबन्धनको नाममा सरकार भागवण्डामा भुलिरहेको भन्दै अर्यालले अर्थतन्त्र ध्वस्त बनाउन गठबन्धनमा सहभागी दल र वर्तमान सरकार लागिपरेको आरोप लगाइन् ।
    प्रमुख प्रतिपक्ष नेकपा एमाले देश आर्थिक रुपमा संकटमा पुग्दा चुप लागेर बस्न नहुने भन्दै उनले तत्काल संघर्षमा जानुपर्ने बताइन् । देशको अर्थतन्त्र धरापमा परेका बेला प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्न एमाले तयारी अबस्थामा रहेको उनको भनाई थियो ।
    नेकपा एमाले बागलुङ नगर कमिटिले आयोजना गरेको ‘मिसन ग्रासरुट’ अभियानको समिक्षा कार्यक्रमलाई बिहिबार बागलुङमा सम्बोधन गर्दै अर्यालले अहिलेको सरकार जनता र राष्ट्रियताको पक्षधर नभएको जिकिर गरिन् ।
    एमालेले चलाईरहेको ‘मिसन ग्रासरुट’ अभियानले पार्टीका नीति र कार्यक्रम तल्लो तहसम्म पुगेको भन्दै अर्यालले पार्टीका नेता कार्यकर्तालाई निर्वाचनको समयमा मात्र नभई जनताका हरेक सुखदुखमा साथमै रहन निर्देशन समेत दिइन् ।
    कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य जगत विश्वकर्माले ‘मिसन ग्रासरुट’अभियानले जनतामा नयाँ उर्जा ल्याएको दाबी गरे । एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले बागलुङमा ८५ वटै वडामा प्रभावकारी ढंगले अभियान सञ्चालनमा रहेको बताए ।
    नगर अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, उपाध्यक्ष खिमराज सापकोटाको स्वागत र सचिव रामकृष्ण शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend