९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कोरोना बढ्यो, स्वास्थ्यका मापदण्ड पालना गर्न प्रशासनको आग्रह


जनमञ्च संवाददाता
  • २८ चैत्र २०७९ , मंगलबार

  • कोरोना बढ्यो, स्वास्थ्यका मापदण्ड पालना गर्न प्रशासनको आग्रह

    बागलुङ, २८ चैत्र– जिल्ला प्रशासन कार्यालय बागलुङले सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
    छिमेकी देश भारत तथा चीनमा कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण बढेको र उक्त भेरियन्टको संक्रमणको दर नेपालमा पनि बढेको हुँदा जिल्ला तहमा पूर्व सतर्कताको लागि नागरिकलाई सचेत गरेको हो ।
    नयाँ भेरियनटको संक्रमण नियन्त्रण, रोकथाम र उपचारको लागि सतर्कता र पुर्व तयारी आवश्यक छ । सरकारी कार्यलय, संघसंस्था र सार्वजनिक सवारी साधान र व्यवसायीमा आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सेवा सञ्चालन गर्ने आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
    प्रशासनले सार्वजनिक यातायात र भिड्भाडा हुने स्थानहरमा जाँदा अनिवार्य मास्क लगाउने स्यानिटाइजरको प्रयोग गर्ने लगायतका आवश्यक स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गरेको छ । संक्रमणको जोखिम बढीरहेको परिस्थितीलाई मध्येनजर गदै प्रत्येक स्थानीय तह, सुरक्षा निकाय र सामाजिक संघसंस्थामार्फत सचेतनाका कार्यक्रम सञ्चालन गर्ने आग्रह गरेको सहायक प्रजिअ बरालको भनाई छ ।
    स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा स्थानीय तहले सन्देशमुलक प्रचार सामाग्री तयार गरी प्रचारप्रसारको व्यवस्थापन मिलाउने र जिल्लाका सबै स्वास्थ्य संस्थामा आवश्यक औषधी र उपकरणको व्यवस्था मिलाउन निर्देशन छ । कोरोनाको उपचार गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा हाल कोरोनाका बिरामी छैनन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend