९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

लगानीकर्तालाई सचेतना कक्षा


जनमञ्च संवाददाता
  • २९ चैत्र २०७९ , बुधबार

  • लगानीकर्तालाई सचेतना कक्षा

    बागलुङ, २९ चैत्र– दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लि. बागलुङले लगानीकर्ताका लागि एक दिने सचेतना कक्षा सञ्चालन गरेको छ । ब्रोकर नं. ५९ कम्पनीले बागलुङ, पर्वत, म्याग्दीका लगानीकर्ताका लागि सचेतना कक्षा सञ्चालन गरेको हो ।
    सचेतना कक्षामा नेपाल धितोपत्र बोर्डका कार्यकरी निर्देशक डा. नवराज अधिकारी नेपालको अर्थतन्त्रको अवस्थाले शेयर बजारमा प्रभाव पार्ने बताए । सरकारका कार्यक्रम, राष्ट्रबैंकको नीति, धितोपत्र बोर्डले गरेका सुधारबारे अधिकारीले जानकारी गराएका थिए ।
    कम्पनीको अवस्था, वित्तिय विवरण, कम्पनीका सञ्चालकबारे राम्रोसंग जानकारी लिएर स्मार्ट इन्भेस्टर बन्न अधिकारीले सुझाव दिए । कार्यक्रममा सहभागीहरुले समग्र बित्तिय प्रणालीको अवस्था, चुनौती तथा सम्भावना, ब्रोकर संख्या थप्नेबारे चासो राखेका थिए ।
    दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लि.ले हाल उपत्यका बाहिर बागलुङ र कुस्माबाट पनि शेयर कारोवार सम्वन्धी सेवा प्रवाह गरिरहेको छ । कार्यक्रम दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लि. बागलुङ शाखाका प्रमुख कुमार शर्माले सन्चालन गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend