तनहुँ, १२ बैशाख– तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सय ९६ मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९ सय १८ पाउँदा भट्टराईले २० हजार १ सय २२ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।