९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ओखर खेतीमा किसानलाई व्यवसायिक बनाउने गनपाको लक्ष्य


जनमञ्च संवाददाता
  • २३ बैशाख २०८० , शनिबार

  • ओखर खेतीमा किसानलाई व्यवसायिक बनाउने गनपाको लक्ष्य

    बागलुङ, २३ बैशाख– गलकोट नगरपालिकाले डेढ महिना अघि रोपेका १० हजार ओखरका बिरुवामा मुना पलाएको छ । टर्कीबाट ल्याएर नगरपालिकाले देखिने गरी काम गर्ने भन्दै ओखर खेती प्रवद्र्धन कार्यक्रम बनाएर गलकोटको वडा नं. १, ४ र १० मा रोपेको थियो ।
    व्यवसायिक उत्पादन गर्ने र किसानको आयआर्जन बढाउने लक्षले रोपिएका बिरुवा सबै सरेर मुना पलाएकोले किसानसँगै आँफू पनि खुसी भएको नगर प्रमुख भरत शर्मा गैरेले बताए । संघिय सरकारसँग ‘नवप्रवद्र्धन साझेदारी कार्यक्रम’मार्फत १० हजार ओखरका बिरुवा रोपेकोमा सबै सरेका हुन् ।
    संघिय सरकारको १ करोड ४० लाख, गलकोट नगरपालिकाको ६० लाख र उपभोक्ताको २० लाख गरी २ करोड लागतमा १० हजार ओखरका बिरुवा रोपिएको थियो । टर्कीबाट झिकाइएका उन्नत जातको ओखरका बिरुवा मागको आधारमा बितरण भएको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताए ।
    समुन्द्री सतहदेखि १ हजार ५ सयदेखि २ हजार ५ सय मीटरको उचाइमा ओखर खेती उत्पादन गरिने कृषि शाखाका प्रमुख हरिदत्त सुवेदीले जानकारी दिए । १० हजार बिरुवा ल्याएर वडा नं. १ को दुदिलाभाटीमा ४ हजार, वडा नं. ४ को चमुवामा ३ हजार र वडा नं. १० को पाण्डवखानीमा १० हजार बिरुवा लगाइएको हो ।
    ‘बाँझो भएको जमिन उपयोग गर्ने र किसानलाई व्यवसायिक बनाउने हाम्रो लक्ष्य छ’ वडा नं. १० का तिलक घर्तीले भने, ‘मुना पलाएका सबै बिरुवा जोगाएर व्यवसायिक उत्पादन गर्छौ ।’
    ती बिरुवाले दुइबर्षदेखिनै उत्पादन दिन थाल्ने सुवेदीले बताए । ५ पुग्दा एउटै बोटमा ३५ केजीसम्म ओखर फल्नेछ ।
    आर्थिक विकासमा योगदान र बाँझो जग्गा पनि सदुपयोग गर्ने लक्षले ओखरखेतीको अध्ययन र सिफारिस भएअनुसार टर्कीबाट ओखर ल्याइएको थियो । आगामी बर्ष पनि ओखर खेतीको क्षेत्र बिस्तार गरिने लक्ष्य नगरपालिकाले राखेको छ ।
    दुलिलाभाटीको पात्लेखर्क, डाँडाखेतदेखि निलुवा, पाण्डवखानीको रमुवामा गरी ६ सय २५ रोपनी जग्गामा १० हजार ओखरका बिरुवा रोपिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend