९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बाख्रापालक कृषकलाई १६ लाखभन्दा बढी अनुदान वितरण


जनमञ्च संवाददाता
  • ७ जेष्ठ २०८० , आइतबार

  • बाख्रापालक कृषकलाई १६ लाखभन्दा बढी अनुदान वितरण

    म्याग्दी, ७ जेठ– बेनी नगरपालिकाका–६ वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र कार्यक्रममा आबद्ध कृषकलाई १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ ।
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्ला बाख्रा व्यवसायी संघमार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ ।
    केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बाख्रा ब्लक निरन्तरता कार्यक्रमअन्तर्गत ६५ जना कृषकलाई प्रतिव्यक्ति २४ हजार ६ सय २५ रुपैयाँका दरले अनुदान वितरण गरिएको जानकारी दिए ।
    खोर तथा ओपन याड निर्माण, मर्मत, प्रजनन बोका खरिद, यान्त्रीकरण कार्यक्रमका लागि सम्झौता गरेका सबै कृषकले कार्यसम्पन्न गरेपछि रकम वितरण गरिएको हो । केन्द्रका प्रमुख जीवन आचार्यले सबै कृषकको फर्म अनुगमन गरेर सम्झौता अनुसारको काम गरेको प्रमाणित भएपछि १६ लाख ६ सय २५ रुपैयाँ अनुदान वितरण गरिएको बताए ।
    कार्यक्रमअन्तर्गत यसअघि ७ सय ५० किलोग्राम सुदान, बजरा, टियोसेन्टी जातको घाँसको बीउका साथै आइभरनाइट ट्याब्लेट, मिनिरल र बाह्य परजीवीविरुद्धको औषधि वितरण गरिएको थियो । कृषकलाई अभिमुखीकरण र अन्तक्र्रिया भइसकेको छ ।
    चालु आर्थिक वर्षमा २० लाख विनियोजन भएको ब्लक कार्यक्रममार्फत खोर तथा ओपन याड मर्मत, प्रजनन बोका, फार्म यान्त्रीकरण, मासु पसललाई फ्रिज प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको जिल्ला बाख्रा व्यवसायी संघका उपाध्यक्ष महेन्द्र बानियाँले बताए ।
    व्यावसायिक बाख्रापालन विस्तार, मासुको उत्पादन वृद्धि, गुणस्तर सुधार र बजारीकरणमा सघाउने उद्देश्यले गत वर्षदेखि ब्लक कार्यक्रम सुरु भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend