९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

निलगिरि जलविद्युत आयोजनाको ८० प्रतिशत निर्माण


जनमञ्च संवाददाता
  • १० जेष्ठ २०८० , बुधबार

  • निलगिरि जलविद्युत आयोजनाको ८० प्रतिशत निर्माण

    प्रतिकात्मक तस्बिर
    म्याग्दी, १० जेठ– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन निलगिरि जलविद्युत आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
    निलगिरि खोला हाइड्रोपावरले चार वर्षअघि एकैसाथ ३८ मेगावाटको निलगिरि पहिलो र ७१ मेगावाटको दोस्रो गरी १ सय ९ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण थालेको थियो ।
    आयोजनाका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युतगृह निर्माण काम सकिएको छ । निलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलानको काम थालिएको आयोजनाका आवशिय इन्जिनियर रत्नबमजन तामाङले जानकारी दिए ।
    पेनस्टक टनेल खन्ने काम सकिएर पहिलो आठ सय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले बताए । दुवै आयोजनाका लागि निर्माण गरिने विद्युतगृहको सिभिल स्टक्चरको काम सकिएर इलोक्ट्रोमेकानिकलको काम थालिएको छ ।
    आगामी ६ महिनामा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको तामाङले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend