९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ


जनमञ्च संवाददाता
  • १ असार २०८० , शुक्रबार

  • इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

    बागलुङ, १ असार– बचतकर्ताको अर्बाै रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले इमेज बचत तथा ऋण सहकारीका एक जना सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ । बागलुङ जिल्लाका बिभिन्न ठाउँबाट उनीहरु पक्राउ परेका हुन् ।
    सहकारीका सञ्चालक सदस्य रहेका चित्रबहादुर भण्डारी पक्राउ परेका छन् । उनलाई प्रहरीले ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट पक्राउ गरेको हो । बिहिबार बिहान पक्राउ परेका भण्डारीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याईएको छ । शुक्रबार इमेज सहकारीका कर्मचारी लालमती रोकालाई प्रहरीले ताराखोलाबाट पक्राउ गरेको छ । कर्मचारी रोकालाई पनि शुक्रबारै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ ।
    उनीहरु बिरुद्ध सहकारी ऐन अन्तर्गतको कसुर गरेको आरोप छ । भण्डारीको अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ । त्यस्तै रोकालाई म्याद थपका लागि आईतबार मात्रै जिल्ला अदालत पेश गरिने प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए । अन्य सञ्चालक तथा कर्मचारीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
    बागलुङ बजारमा मुख्य कार्यालय रहेको इमेज सहकारीले गलकोट, बुर्तिबाङ लगायतका शाखाबाट खर्बाै रुपैयाँ हिनामिना गरेको छ । सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपाली जेठ पहिलो सातादेखि सम्पर्कबिहिन छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend