९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

इमेज सहकारीका बचतकर्ता आन्दोलित


जनमञ्च संवाददाता
  • २२ असार २०८० , शुक्रबार

  • इमेज सहकारीका बचतकर्ता आन्दोलित

    बागलुङ, २२ असार– इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले बिहिबार बागलुङ बजारमा जुलुस प्रदर्शन गरेका छन् । सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै बचतकर्ता आन्दोलित भएका हुन् ।
    बचतकर्ताले बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ र बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । नेपालीलाई पक्राउ गरी तत्काल बचतकर्ताको बचत रकम फिर्ता गर्ने वातावरण मिलाउन इमेज बचत पीडित संघर्ष समितिले माग गरेको छ । संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको हो ।
    बचतकर्ताको अरबौं रकम हिनामिना गरी सम्पर्कबिहिन रहेका देवकुमार नेपालीलगाएत अन्य सञ्चालकलाई तत्काल पक्राउ गरी बचत रकम फिर्ता गराउन माग गर्दै सयौं बचतकर्ताले बागलुङ बजारको मुख्य मुख्य चोकमा प्रदर्शन गरेका थिए ।
    ढोरपाटन नगरपालिका मेयरसमेत रहेका नेपाली ५ जेठदेखि फरार छन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।
    बचतकर्ताको करिव २ अर्ब रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरीले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट प्रहरीले पक्राउ गरेका थियो भने असार ११ गते इमेज सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरेको छ ।
    नेपाली सपरिवार सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएपछि हजारौ बचतकर्ताहरु विचल्लीमा परेका छन् ।
    पीडितको ज्ञापनपत्र बुझ्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले स्थानीय तह मातहतमा रहेका सहकारीमा समस्या नरहेको उल्लेख गरे । उनले ठुलो सेवा क्षेत्र लिएर प्रदेश र संघमा दर्ता भएका सहकारीमाथि नियमन र नियन्त्रण आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend