२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

गलकोट समाज जापानद्वारा नगर अस्पताललाई उपकरण सहयोग


जनमञ्च संवाददाता
  • ८ भाद्र २०८० , शुक्रबार

  • गलकोट समाज जापानद्वारा नगर अस्पताललाई उपकरण सहयोग

    बागलुङ, ८ भदौ– गलकोट समाज जापानले गलकोट नगर अस्पतालमा आबस्यक पर्ने लाखौंको उपकरण सहयोग गरेको छ ।
    समाजले बिहिबार मात्रै ३५ लाख रुपैयाँको लागतमा अल्ट्रा साउण्ड मेसिन सहयोग गरेको हो । गलकोट समाज जापानका उपाध्यक्ष अमर भण्डारीले नगर प्रमुख भरत शर्मा गैरे, अस्पतालका प्रमुख डा. राजेश पौडेललाई उक्त मेसिन हस्तान्तरण गरे ।
    समाजले यसअघि पनि नगर अस्पताल संचालनका लागि दर्जनौं सामाग्री, उपकरण तथा भवन निर्माणमा समेत सहयोग गरेको थियो । अस्पताल संचालन गर्नका लागि समाजमार्फत एम्बुलेन्ससमेत सहयोग आएको नगर प्रमुख भरत शर्मा गैरेले बताए । अस्पतालभित्रै डेन्टल मेसिन, भिडियो एक्सरे, आँखा उपचार केन्द्र, बिरामी सुत्ने आधुनिक शैया, फोल्डिङ गर्ने बिरामी कुरुवा कुर्सी लगायतमा पनि समाजबाट सहयोग आएको हो ।
    एक बर्षदेखि गलकोटमा नगर अस्पताल १५ शैयाको संचालनमा छ । यहाँ एमडिजिपी डा. राजेश पौडेलसहित दुइ जना चिकित्सक र अन्य स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्थापन गरेपछि अस्पतालमा दैनिक १ सय ७० जनासम्म बिरामीले उपचार सेवा पाएको तथ्यांक छ । ‘यतिधेरै जनताले नियमित सेवा पाउने भएपछि हामीले जापानमा बसेर पनि सहयोग जु्टायौं’ गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले भनिन्, ‘गाउँको विकासमा विदेशमा बसेर धेरैको चिन्ता र चासो छ ।’
    गाउँमा उपचार नपाएर थलिएका तथा दुर्घटनामा परेका बिरामीलाई उपचारमा पनि लाखौं सहयोग गरेका छन् । दशकदेखि सक्रिय गलकोट समाज जापानले नगरभित्रका क्रियाकलापमा १८ करोड बढी रकम सहयोग गरेको प्रारम्भिक तथ्यांक छ । तीन बर्षअघि ढोरपाटनमा गएको पहिरोबाट ठूलो क्षति हुँदा एक करोड बढी रकम र केही सामाग्री उनीहरुले सहयोग गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend