९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सेनेटरी प्याड खरिदमा आर्थिक चलखेल


जनमञ्च संवाददाता
  • २१ कार्तिक २०८० , मंगलबार

  • सेनेटरी प्याड खरिदमा आर्थिक चलखेल

    पर्वत, २१ कात्तिक– कुस्मा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई वितरण गर्न खरिद गरिएको सेनेटरी प्याडमा आर्थिक चलखेल भएको आरोप लागेको छ । आर्थिक अनियमितताका कारण सेनेटरी प्याडको भुक्तानी रकम रोकिएको छ ।
    नेपाल सरकारको ससर्त अनुदानअन्तर्गत आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यक्रम अनुसार सेनेटरी प्याड खरिदका लागि विराटनगरको जस्मिन हाइजिङ प्रोडक्ट प्रालिसँग २०८० असार १२ मा सम्झौता भएको थियो ।
    नगरपालिकाले उक्त कम्पनीसँग गरिएको खरिद सम्झौतामा ३३ हजार २ सय २५ प्याकेटका लागि प्रतिप्याकेट ३६ दशमलब २८ रुपैयाँ दरले जम्मा १२ लाख पाँच हजार ४ सय ३ रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।
    सप्लायर्स कम्पनीले सम्झौताबमोजिमको खरिद सामग्री उपलब्ध गराउने क्रममा नियमित प्रक्रिया पूरा नगरी शिक्षा अधिकृत विष्णुप्रसाद तिवारीसँग मात्र सुटुक्क सम्पर्क गरी सेनेटरी प्याड बुझाएको बताइएको छ ।
    कसैसँग समन्वय नगरी सप्लायर्सबाट बुझिएको सेनेटरी प्याड नगरपालिकामा भण्डारण गरिएको छ । भण्डारण गरिएको सेनेटरी प्याडको नमुना हेर्दा सम्झौता विपरीतको रहेको प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताए ।
    यस विषयमा नगरपालिकाका सूचना अधिकारी ध्रुवराज पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार सप्लायर्स कम्पनीसँगको मिलेमतोमा शिक्षा अधिकृत तिवारीले परिमाणभन्दा कम सामान सप्लाई गरी भुक्तानी माग गर्न लगाएको उल्लेख छ ।
    भण्डारमा पाइएको सेनेटरी प्याड सम्झौता संख्याभन्दा कम १६ हजार ६ सय ७५ रहेको छ । सम्झौता अनुसार सेनेटरी प्याड उपलब्ध नभएपछि नगरपालिकाले रकम भुक्तानी नगरेको सूचना अधिकारी पौडेलले बताए ।
    सेनेटरी प्याड खरिदमा भएको आर्थिक चलखेलका सम्बन्धमा आरोप लगेपछि प्रशासकीय अधिकृत तिवारीले पोहोर टेन्डरको विवादले खरिद गर्न नसकिएको र अब भने छिट्टै खरिद प्रक्रिया अगाडि बढाइने बताए । –रासस

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend