बागलुङ, ५ पुस– बागलुङ नगरपालिकाको वडा नं. रामरेखा र पर्वत पाङको अदुवाबारी जोड्ने कालीगण्डकी गोल्डेन ब्रिजबाट खसेर बुधबार साँझ एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नं. ४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापा रहेका छन् ।
बुधबार साँझ पौने ६ बजे पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिए । थापा पुलबाट १ सय ३८ मिटर तल कालीगण्डकीमा खसेका थिए ।
खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालीगण्डकी किनारमा पुग्दा थापाको मृत्यु भइसकेको थियो ।