११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

बिवाइसीको ३२ औं साधारणसभा सम्पन्न


जनमञ्च संवाददाता
  • ८ पौस २०८० , आइतबार

  • बिवाइसीको ३२ औं साधारणसभा सम्पन्न

    बागलुङ, ८ पुस– भीमापोखरा युवा क्लब विवाईसी बागलुङको ३२ औं बार्षिक साधारणसभा तथा १२ औं अधिवेसन शनिबार सम्पन्न भएको छ ।
    वार्षिकोत्सवको उद्घाटन गर्दै गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले राज्यले सेवा दिन नसकेको स्थानमा पुगेर गैर सरकारी संस्थाले सेवा प्रवाह गरेको बताए । उनले यस्ता सेवाका लागि गैरसरकारी संस्थालाई राज्यले सम्मान गर्नुपर्नेमा गैससको भूमिकालाई नजरअन्दाज गरिएको बताएका छन् ।
    बिवाइसीले शिक्षा, स्वास्थ्य, निर्माण र सामाजिक परिचालनको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको हो । सुवेदीले ग्रामीण बासिन्दाको स्वास्थ्य अवस्था सुधार गर्न विवाईसीले फेयरमेड फाउण्डेसनको सहकार्यमा गरेको कामलाई धन्यवाद दिए । विवाइसीले जिल्लाभर ग्रामीण स्वास्थ्य सुधार परियोजनामार्फत नागरिकको स्वास्थ्य सेवाका लागि स्वास्थ्य संस्थाको सुधार, आम नागरिकको आनीबानी परिवर्तनमा सहजीकरण लगायतका काम गरेको छ ।
    त्यस्तै शिक्षातर्फ सिकाइ परियोजना, एनजिपि परियोजना र स्थानीय झोलुंगे पुल निर्माण परियोजना तथा ती परियोजनाका लािग सामाजिक परिचालनको काम पनि गर्दै आएको छ ।
    विवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माको अध्यक्षता, उपाध्यक्ष तोया गौतमको स्वागत र सचिव दिपक गौतमको संचालनमा सम्पन्न भएको साधारणसभामा संस्थापक अध्यक्ष टिकाराम सापकोटा, एमाले जिल्ला अध्यक्ष हिराबहादुर कसी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष लालबहादुर थापा, बानपाका पूर्व नगरप्रमुख जनकराज पौडेल, काठेखोला गाउँपालिकाका पूर्व अध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष अमर थापाले मन्तव्य राखेका थिए ।
    कार्यक्रममा संस्थापक उपाध्यक्ष महेन्द्र केसी र विवाइसीले संचालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाको लागि गलकोट क्षेत्रमा सहयोग गरेको भन्दै गलकोट २ का अध्यक्ष हिमबहादुर भण्डारीलाइ सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend