२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

काठेखोला–२ र ४ वडा जोड्ने डुडियामा पक्की पुल बन्ने


जनमञ्च संवाददाता
  • २२ पौस २०८० , आइतबार

  • काठेखोला–२ र ४ वडा जोड्ने डुडियामा पक्की पुल बन्ने

    बागलुङ, २२ पुस– काठेखोला गाउँपालिका–२ र ४ जोड्ने डुडियाघाटमा पक्की पुल बन्ने भएको छ । खोलाबाटै सवारी साधान गुड्दा जोखिम बढेकाले पुल बन्न लागेको हो ।
    गण्डकी प्रदेश सरकारको बजेट र स्थानीय सडक पुल सहयोग इकाइको प्राविधिक सहयोगमा पुल निर्माण हुन लागेको हो । गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री दिपेन्द्रबहादुर थापाले उक्त पुलको शिलन्यास गरे । छिटो काम सक्न स्थानीयले साथ दिएमा आगामी बर्षदेखि जोखिम नहुने थापाको भनाइ थियो । पुलको गुणस्तरमा पनि स्थानीयले चासो राख्नुपर्ने थापाले बताए ।
    काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाको अध्यक्षता, काठेखोला गाउँपालिका प्रशासन शाखाका प्रमुख मनोज कार्कीको सञ्चानमा प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले स्वागत गरेको उद्घाटन कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, काठेखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुन, पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश कुमार घिमिरे, डुडियाघाट मोटरेबल पुल निर्माण कम्पनी बि.एम.ए.निर्माण सेवा प्रा.लि.का प्रतिनिधि कृष्ण थापा लगायतले बोलेका थिए ।
    बि.एम.ए.निर्माण सेवा प्रा.लि.द्धारा २०८० कार्तिक १७ गते सम्झौता भएको डुडियाघाट खोला मोटरेवल पुलको निर्माण कार्य आगामी १८ महिनाभित्र सम्पन्न हुनेछ ।
    आर.सि.सि.टी.बिम किसिममा निर्माण हुने पुलको ८.४० मिटर चौडाइ र २० मिटर लम्वाई रहनेछ । ३ करोड ६२ लाख २२ हजार ३५ रुपैयाँको लागतमा पुल निर्माण हुन थालेको हो । पूर्वाधार विकास कार्यालयले चार करोड १२ लाख २१ हजार तीन सय ८१ रुपैयाँको लागत स्टीमेट गरेको उक्त पुल निर्माणका लागि निर्माण कम्पनीले १२ प्रतिशत कममा ठेक्का सम्झौता गरेको हो । निर्माण कम्पनीले आगामी २०८२ सालको वैशाख मसान्तसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्नेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend