९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
बागलुङ नगरपालिकाको १४ औं नगरसभा

नगर शिक्षा र प्रहरी ऐन संशोधन : बेरुजु घट्यो, इन्धनको प्रयोग बढ्यो


जनमञ्च संवाददाता
  • २७ पौस २०८० , शुक्रबार

  • नगर शिक्षा र प्रहरी ऐन संशोधन : बेरुजु घट्यो, इन्धनको प्रयोग बढ्यो

    बागलुङ, २७ पुस– बागलुङ नगरपालिकाको चौधौं नगरसभा बिहिबार सम्पन्न भएको छ । नगर सभाले नगरप्रहरी ऐन २०७६, शिक्षा ऐन २०७६ र शिक्षा नियमाबली २०७७ संशोधन गरेको छ ।
    शिक्षा ऐनको दफा ८ को घ मा हाल भएको व्यवस्था परिवर्तन भएको हो । त्यस्तै शिक्षा समितिमा नगर उपप्रमुख पदेन सदस्य रहने, नगर बाल संजालका प्रतिनिधि एक छात्र, एक छात्रा पनि आमन्त्रित सदस्य रहने, तथा शिक्षा क्षेत्रको विज्ञ भएमा आवस्यकता अनुसार सदस्यमा ल्याउन सकिने प्रावधान खुला गरेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले बताए । प्रहरी ऐनमा सेवा निवृत्त भएका प्रहरी कर्मचारी आएको खण्डमा नगर प्रहरीको सहायक प्रहरी निरीक्षक बन्न ४५ बर्षको उमेरसम्म पाउने व्यवस्था गरेको हो ।
    सभाले गत असारको तेह्रौ नगर परिषदबाट विनियोजन गरेको पूर्वाधार योजनाको ३ करोड ३५ लाख रकम रकमान्तरण गर्ने निर्णय गरेको छ । उपप्रमुख राजु खड्काले पेश गरेको आर्थिक बर्ष २०८०÷०८१ को नीति कार्यक्रम र बजेट माथीको समीक्षा प्रगति प्रतिवेदनमार्फत उक्त रकम रकमान्तरण भएको हो । रकमान्तरण भएको रकम वडैपिच्छे बढीमा ३ योजना ल्याउने गरी १५ लाख बिनियोजन गरिएको छ ।
    बजेट रकमान्तरण गर्दा हाल निर्माण गर्ने भनिएको ग्रिनरोड, पार्किक व्यवस्थापन, बजार सौन्दर्यकरणजस्ता काम स्थगित भएका छन् । रकमान्तरणबाट बच्ने बजेट कार्यालय संचालन, मेशिनरी औजार खरिद तथा सवारी साधन खरिदमा खर्च हुने बताइएको छ । नगरपालिकाले करको दायरा बढाउने नीति लिएकोले त्यसका लागि आन्तरिक व्यवस्थापनमा रकम खर्च गर्ने बताएको छ ।
    माघ १ गतेदेखि लागू हुने गरी वडाबाटै राजश्व संकलन थाल्ने नीतिगत व्यवस्था भैसकेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । १० लाखभन्दा माथीका योजना नगर स्तरीय संयन्त्रले अनुगमन गरेपछि भुक्तानी दिने व्यवस्था गरिएको छ ।
    पूर्वाधार निर्माणतर्फ विनियोजित बजेटबाट पुस २० गते सम्ममा १ हजार ८ सय ४६ मीटर सडक कालोपत्रे गरेको, रोड मार्किङ गरेको, अव्यवस्थित तार र पोल हटाएको, सडकपेटी खाली गरेर फुटपाथ निर्माण थालिएको, ४ सय सडक बत्ति बालिएको तथा अग्ला झोलुंगे पुलमा बत्ति जडान भएको श्रेष्ठले जानकारी दिए ।
    सहरी शासकीय सुधार परियोजनामार्फत विश्व बैंकको सहयोगमा ६० करोड रुपैयाँ लगानी गरेर तीन वटा सडक निर्माणको काम थालिएको छ । वडा नं. ३ को मुलपानीदेखि कालीमाटी जाने सडक, ओडारचौरदेखि ढोडेनी र गणेशघुम्तीदेखि निरयघाट जाने सडक निर्माणको काम थालिएको हो । दिगो र बहुबर्षे सडकअन्र्तगत चारवटा सडकको ठेक्का लागिसकेकोले पूर्वाधारका कतिपय योजनाभन्दा सुशासन, राजश्व वृद्दि लगायतका काममा रकमान्तरण गर्नुपरेको श्रेष्ठको दाबी छ ।


    बागलुङ नगरपालिकाले चालु बर्षको पहिलो ६ महिनामा बेरुजु घटाउने काममा उल्लेख्य प्रगती गरेको छ । गत असार मसान्तसम्म १६ करोड देखिएको बेरुजु अहिले साँढे ४ करोडमा झरेको हो । लेखा समितिका संयोजक अर्जुन घिमिरेका अनुसार बेरुजु घटाउने काममा नगरले सबैभन्दा बढी सफलता पाएको हो । तर कार्यालय प्रयोजनको क्रममा इन्धनको अत्याधिक प्रयोग भएकोमा लेखा समितिले त्यो घटाउन सुझाएको छ । ‘पदाधिकारीका लागि राखिएको इन्धन खर्चको २० लाखबाट ३९ प्रतिशत मात्रै खर्च हुँदा कार्यालयको २५ लाखबाट ८० प्रतिशत खर्च भैसकेको छ’ घिमिरेले भने, ‘यो अप्रत्यासित हो ।’ यो क्रमले असार मसान्तसम्म दुइ सय प्रतिशत खर्च आउन सक्ने उनले टिप्पणी गरे ।
    केही कार्यपालिकाका सदस्यले दोहोरो सेवा सुविधा लिएको, अतिथि सत्कार खर्च बढ्दो देखिएको र कार्यक्रमहरुको खर्च शिर्षक एकमुष्ट राख्ने गरिएकोमा तत्काल सुधार गर्न सुझाएको घिमिरेले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend