८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

विद्यार्थीमार्फत अभिभावकसम्म योग र आयुर्वेदबारे चेतना जगाउँदै औषधालय


जनमञ्च संवाददाता
  • २६ माघ २०८० , शुक्रबार

  • विद्यार्थीमार्फत अभिभावकसम्म योग र आयुर्वेदबारे चेतना जगाउँदै औषधालय

    बागलुङ, २६ माघ– सदरमुकाम बागलुङ बजारका चार विद्यालयका शिक्षक शुक्रबार बिहानै योगाशनमा देखिए । धौलागिरी आयुर्वेद औषधालयको ठुलो हलमा चार विद्यालयका प्रधानाध्यापक र केही शिक्षकलाई औषधालय प्रमुख सरद पन्थीले योग सिकाईरहेका थिए ।
    भुईंमा म्याट बिच्याएर बसेका शिक्षकहरु पन्थीकै निर्देशनमा योगाभ्यास गरिरहेका थिए । एकैछिनमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल आए । केहीबेर औपचारिक सत्र चल्यो र फेरी सुरु भयो योग कर्मकै शिलशिला । कार्यक्रम थियो विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धि शिक्षकहरुका लागि तालिम । तालिमको उद्घाटन पूर्वनै सहभागि शिक्षकहरुलाई योगाभ्यास गराईएको थियो । योग अभ्यासमा सहभागी भएका शिक्षकहरुले योग मात्रै सिकिरहेका छैनन् । तालिममा आयुर्वेद र जडिबुटी सम्बन्धि जानकारीहरु पनि आदानप्रदान भैरहेका छन् ।
    ‘शिक्षकहरुलाई तालिम पूर्वको तालिम दिएर विद्यार्थीमार्फत अभिभावकसम्म योग र आयुर्वेद सम्बन्धि चेतनाको पुर्याउने हाम्रो योजना हो’ पन्थीले भने ‘पहिलो चरणमा चार वटा मात्रै विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुलाई तालिम दिँदै छौं ।’ योग, खानपान, परम्परा, संस्कार र संस्कृतिको बारेमा यस्तै कार्यक्रम यो बर्ष मात्रै नभएर हरेक बर्ष गर्ने औषधालयले जनाएको छ ।
    ‘अहिलेको पुस्तालाई विद्यालयबाटै सम्झाउँदै लैजान सकियो भने उनीहरूमा छिटो परिवर्तन आउँछ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘योगसंगै खानपान, जीवनशैली, रहनसहन, संस्कार, संस्कृति, परम्पराबारे सिकाउन जरुरी छ ।’ विद्यालय र शिक्षकबाट यो सबै सम्भव रहेको उनले बताए ।
    पछिल्लो समय योगमा आकर्षण बढेको भए पनि भोजनप्रतिको व्यवहार बिग्रेकाले हरेक व्यक्तिले योगको अभ्यास गर्नुपर्ने औषधालयका चिकित्सक कमलबिक्रम पौडेल बताउँछन् । तालिममा विद्यामन्दिर, रुद्रेपीपल, फ्युचर ब्राईटर मावि र न्यु ओएसीस एकेडेमीका प्रधानाध्यापक, विद्यालय नर्स र केही शिक्षक सहभागि रहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend