बागलुङ, २ फागुन– न्यू ओएसिस एकेडेमी बागलुङको २६ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । केही दिनदेखि अतिरिक्त क्रियाकलापसहित शुरु भएको दिवशको मंगलबार मुल समारोह गरिएको हो ।
मुल समारोह विद्यालयका पूर्व अध्यक्ष तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गरे । उनले शिक्षा क्षेत्रको विकासका लागि गुणस्तर आवस्यक भएको बताए । पछिल्लो समय बजारमा माग भए अनुसारको शिक्षा दिन सकियो भने युवाहरु बिदेशिने भन्दा स्वदेशमै बसेर का मगर्न सक्ने पनि बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख युक्तप्रसाद पौडेल, नगर शिक्ष अधिकारी धनप्रसाद पोखरेल, प्याब्सन बागलुङका अध्यक्ष दलबहादुर थापा, एनप्याब्सन बागलुङका अध्यक्ष बालकृष्ण शर्मा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, संचालकहरु तिलकप्रसाद शर्मा, अभिभावक प्रकाश शर्मा, शिक्षक बिष्णुप्रसाद चापागाई, विद्यार्थीहरु कुन्जन रेग्मी र बाल संजालकी अध्यक्ष दृष्टी भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका अध्यक्ष दुर्गाबहादुर कुँवरको अध्यक्षता, प्रिन्सिपल नेत्रलाल न्यौपानेको स्वागत र शिक्षक रामजी सुवेदीको संचालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका पूर्व बिद्यार्थीलाई सम्मान गरिएको थियो ।
बिद्यालयले डाक्टर, इन्जिनियर लगायतका विभिन्न क्षेत्रमा पुगेका बिद्यार्थी सम्मान गरेको हो । २३ जनालाई सम्मान गरेकोमा ९ जना डाक्टर, ३ जना नर्स अधिकृत, ३ जना इन्जिनियर बनेको प्रिन्सिपल न्यौपानेले बताए । त्यसबाहेक नेपाली सेनाको सहसेनानी, जियो टेक्निकल, सिए लगायतको क्षेत्रमा समेत पुगेको भेटिएको हो ।