९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

६७ किलो गाजा र ११ किलो चरेशसहित लागुऔषधिसहित ३ जना पक्राउ


जनमञ्च संवाददाता
  • १४ फाल्गुन २०८० , सोमबार

  • ६७ किलो गाजा र ११ किलो चरेशसहित लागुऔषधिसहित ३ जना पक्राउ

    बागलुङ, १४ फागुन– प्रहरीले लागुऔषध गाजा र चरेशसहित तीन जनालाई पक्राउ गरेको छ ।
    प्रहरी टोलीले चेकजाँचका क्रममा आइतबार राती २ बजे बागलुङको निसीखोला गाउँपालिका–२ कान्छाीबजार भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा वडिगाड गाउँपालिकाको ग्वालीचौरबाट निसीखोला गाउँपालिकाको भल्कोटतर्फ जाँदै गरेको ध १ च १२६१ नम्बरको बोलेरो पिकअप भ्यानबाट ६७ किलो लागुऔषध गाजा र ११ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १३ का ३९ वर्षिय नगेन्द्र पुन, बागलुङको वडिगाड गाउँपालिका वडा नं. ८ का २७ वर्षिय प्रेम बोहरा र निसीखोला गाउँपालिका वडा नं. ६ का ३८ वर्षिय खडक घर्ति मगर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिए ।
    पक्राउ परेका बोहरा जीप चालक हुन् । पक्राउ परेकाहरुको बारे थप अनुसन्धानका लागि जिल्ला अदालत बागलुङबाट सोमबार थप गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend