२७ भाद्र २०८३ , शनिबार

२७ भाद्र २०८३ , शनिबार
  • २७ भाद्र २०८३ , शनिबार
  • September 12 2026

आदर्श बिद्यामन्दिरमा स्मार्ट टिभीबाट पठनपाठन


जनमञ्च संवाददाता
  • १ चैत्र २०८० , बिहिबार

  • आदर्श बिद्यामन्दिरमा स्मार्ट टिभीबाट पठनपाठन

    बागलुङ, १ चैत्र– आदर्श बिद्यामन्दिर आबासीय माबि बागलुङले जिल्लामा पहिलोपटक स्मार्ट टिभीबाट पढाउने काम थालेको छ ।
    बिहिबार आयोजित कार्यक्रममा बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले उक्त अभियानको शुरुवात गरे । कार्यक्रममा पोखरेलले शिक्षामा गुणस्तर सुधारसँगै प्रविधिमैत्री समेत बन्नुपर्ने बताए । उनले प्रविधिको नाउँमा समाज, परिवार र संस्कृति बिर्सने शिक्षा भने दिन नहुने धारणा राखेका थिए ।
    बिद्यालयले कक्षा नर्सरीदेखि माध्यामिक तहसम्म स्मार्ट टिभीमार्फत पढाउन थालेको हो । बिशेषगरी आधुनिक प्रविधि र बिद्यार्थीलाई पढाइमा चाहना बढाउनका लागि यो विधि ल्याएको प्रिन्सिपल भुपेन्द्र केसीले जानकारी दिए ।
    मंगलबार बिद्यालयले अभिभावक अभिमूखीकरण तथा पुरस्कार बितरण कार्यक्रम समेत राखेको थियो । उक्त अबसरमा बानपा ३ का अध्यक्ष सनी केसी लक्ष्मण, शिक्षक अभिभावक संघका अध्यक्ष एकबहादुर केसी, सल्लाहकार बेदप्रसाद कंडेल, पत्रकार राजेशचन्द्र राजभण्डारी, कानून संकायका शिक्षक हरिप्रसाद गौतम, गुणस्तर व्यवस्थापन समितिका संयोजक रोशन क्षेत्री, कानूनका बिद्यार्थी गंगा रेग्मी, बिद्यार्थीहरु अस्मि कार्की र धनबहादुर खत्रीले मन्तव्य राखेका थिए ।
    बिद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीको अध्यक्षता, शिक्षक शिव केसीको संचालन र शिक्षक सुर्यबहादुर महतको स्वागतमा सम्पन्न कार्यक्रममा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ स्थान हासिल गर्ने बिद्यार्थीलाई पुरस्कार, मेडल र प्रमाणपत्र समेत बितरण गरिएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend