८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

गलकोट बहुमुखी क्याम्पसले संचालन गरेको शैक्षिक महायज्ञको आम्दानी १२ करोड ४५ लाख


जनमञ्च संवाददाता
  • ४ चैत्र २०८० , आइतबार

  • गलकोट बहुमुखी क्याम्पसले संचालन गरेको शैक्षिक महायज्ञको आम्दानी १२ करोड ४५ लाख

    बागलुङ, ४ चैत्र– गलकोट बहुमुखी क्याम्पसले गत फागुन ६ गतेदेखि १३ गतेसम्म आयोजना गरेको श्रीमद भागवत शैक्षिक ज्ञान महायज्ञको आम्दानी खर्च सार्वजनिक भएको छ ।
    क्याम्पसले पत्रकार सम्मेलन गरेर महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । क्यामपस प्रमुख मुकुन्द सिंह भण्डारीका अनुसार महायज्ञ अबधिभर बोलकबोलबाट १२ करोड ४५ लाख ९४ हजार ६ सय १६ रुपैयाँ संकलन भएको छ । भेटी रकमबाट ४ लाख ६१ हजार, धान बिक्रीबाट मण्डपबाट ५ लाख, ४५ हजार, गोदामबाट ४७ हजार ४ सय, खाद्यान्न सामान बिक्रीबाट ६६ हजार आम्दानी भएको हो ।
    आर्थिक बिभागका प्रमुख रामप्रसाद शर्माले आम्दानी र खर्चको बिवरण सार्वजनिक गरेका हुन् । त्यो मध्ये ६ महिनाभित्र रकम संकलन गरेर क्याम्पसको साझा कोष बनाउने लक्ष राखिएको छ । महायज्ञ अबधिभर ५१ लाख ६० हजार रुपैयाँ खर्च भएको छ भने हाल १ करोड ७२ लाख बिभिन्न बैंकमा बचत रहेको छ ।
    १२ करोडमध्ये बोलकबोल भएका व्यक्तिहरु टाढा भएको र प्रक्रिया लागेकोले १० करोड ३२ लाख ६ महिनाभित्र क्याम्पसको नाममा आइसक्ने जनाईएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend