९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमाले बागलुङले संगठन बिस्तार गर्ने, वार्षिक कार्ययोजना तयार


जनमञ्च संवाददाता
  • २० असोज २०८१ , आइतबार

  • एमाले बागलुङले संगठन बिस्तार गर्ने, वार्षिक कार्ययोजना तयार

    बागलुङ, २० असोज- नेकपा एमाले बागलुङले संगठन विस्तारका लागि वार्षिक कार्ययोजनासहित अगाडि बढ्ने निर्णय गरेको छ । साथै, पार्टीको जिल्ला अधिवेसन पछि जिल्ला सचिवालय र कार्यालय प्रमुख चयन गरेको छ ।

    शुक्रबार बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसी, विष्णु भुषालले, गणेश बहादुर थापा, धनबहादुर परियार, करमती पुन, चन्द्रमणी उपाध्याय र डम्बर श्रीष रहेको ७ सदस्यीय सचिवालय गठन गरेको हो । झण्डै ४५ वटा कार्यक्रम सहितको कार्ययोजना एमालेले सार्वजनिक गरेको हो ।

    बैठकपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले उक्त जानकारी गराएका हुन् । त्यस्तै बैठकले चन्द्रमणी उपाध्यायलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । त्यसबाहेक बैठकले पार्टीको बिधानको धारा ६५ को उपधारा १ र ४ बमोजिम जिल्ला सदस्यमा १३ जनालाई मनोनयन पनि गरेको छ ।

    मनोनित हुने सदस्यहरुमा डम्बर श्रीष, चन्द्रमणी उपाध्याय, चट्टान थापा, श्याम पुन, जीवन आचार्य, यामबहादुर श्रीष, लालबहादुर केसी, सुनिता पुरी, रुमा थापा, खगेन्द्र शर्मा, प्रेम थापा, सीता बिक र प्रदिप शर्मा रहेका छन् ।

    पत्रकार सम्मेलनमा एमालेले वार्षिक कार्ययोजना समेत बनाएको छ । जस अनुसार केन्द्रीय तहमा मनाइने दिवश र स्मृति दिवशबाहेक स्थानीय तहमा मनाउने र गरिने कामको सूचि पनि बनाइको हो । एमालेले नेताका छोराछोरीलाई अनिवार्य पार्टीको सदस्यता लिनुपर्ने प्रावधान बनाएको छ । त्यस्तै आर्थिक पारदर्शीताका लागि जुन तहको कार्यक्रम गरिन्छ, सोही तहले खर्च व्यहोर्ने, स्थापित सामाजिक व्यक्तिलाई पार्टीमा संगठित बनाउने, डिजिटाल कार्ड र सदस्यता बितरण शिविर संचालन गर्ने लगायतको कार्ययोजना पनि प्रस्तुत गरिएको हो ।

    एमालेले बिधान बमोजिम नै विभिन्न विभाग, फाँट, संयन्त्र र भूगोलको जिम्मेवारी पनि बाँडफाँड गरेको छ । अध्यक्ष केसीलाई पार्टीको स्कुल विभाग, उपाध्यक्ष विष्णु भुषाललाई अर्थ तथा योजना, सचिव गणेश बहादुर थापालाई संगठन, उपसचिव धनबहादुर परियारलाई बित्त तथा कोष व्यवस्थापन र अर्का उपसचिव करमती पुनलाई कृषि तथा पशुपंक्षी विभाग जिम्मा दिएको छ ।

    त्यस्तै अस्मिन सेखलाई अनेरास्ववियुको इन्चार्ज, कालिका सापकोटालाई शिक्षा तथा मानव श्रोत, कोपिला पुनलाई भुमी व्यवस्था, चित्रकला छन्त्याललाई विज्ञान तथा प्रविधि, खिमबहादुर छन्त्याललाई मानवअधिकार, गुमा चर्माकारलाई भूमिहिन र जित बहादुर क्षेत्रीलाई भुपु सैनिक क्षेत्र तोकिएको हो । त्यसबाहेक पम्फा खड्का केसीलाई सहकारी तथा गरिबी निवारण, दुर्गाबहादुर बोहोरालाई ट्रेड युनियन महासंघ, नेत्रबहादुर विष्टलाई जनसंगठन संयन्त्र, पहेली थापालाई किसान महासंघ, प्रेम लामिछानेलाई वन तथा वातावरण, बाबुलाल शाक्यलाई उपभोक्ता हित संरक्षण, बुद्व बोहोरालाई बिपत व्यवस्थापन तथा स्वयंसेवा, भक्तबहादुर कुँवरलाई अपांग, भुपेन्द्र खडुकालाई भौतिक पूर्वाधार तथा यातायात, भूमिराज शर्मालाई रिटर्नी फेडरेशन, मञ्जु षेत्रीलाई सामाजिक सेवा, यमुना देवी पौडेललाई सामाजिक सुरक्षा तथा समाज कल्याण क्षेत्रको जिम्मा दिइएको हो ।
    श्रम तथा रोजगार विभागमा राजेश बोहोरा, उद्योग बाणिज्य तथा आपूर्ति विभागमा रुद्रबहादुर महत, साहित्य, कला तथा संस्कृति क्षेत्र रेणु केसी हमाललाई जिम्मा दिइएको छ । प्रगतीशिल पेशागत इन्जिनियर एसोसिएसनमा रोशन कुँवर, राष्ट्रिय स्वास्थ्यकर्मीको इन्चार्जमा विष्णु गुरुङ, युवा संघको इन्चार्जमा शेखर खड्का, सम्पन्न श्रेष्ठलाई युवा तथा खेलकुद र सरस्वती खड्का परियारलाई स्वास्थ्य तथा जनसंख्या विभाग दिइएको हो । मुक्ति समाजको इन्चार्जमा सुनिता विश्वकर्मा, खेलकुद महासंघको इन्चार्जमा सोबिता केसी आचार्य र अनेमसंघको इन्चार्जमा हुमादेवी खड्कालाई चयन गरिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend