९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


जनमञ्च संवाददाता
  • १५ कार्तिक २०८१ , बिहिबार

  • जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले जबरजस्ती करणी मुद्दामा पाँच महिनादेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।
    पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको फलेवास नगरपालिका–६ देवीस्थानका २५ वर्षीय शक्ति श्रेष्ठलाई कास्कीको पोखरा महानगरपालिका–३३ बागमारामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

    परिवर्तित नाम थर कालीगण्डकी (०१) (०८१/०८२) को जाहेरीका आधारमा करणी सम्बन्धी कसुर अन्तर्गत जबरजस्ती करणी गर्न नहुने मुद्दाको अनुसन्धान भइरहेको अवस्थामा श्रेष्ठ फरार रहेका थिए । तर पर्वत प्रहरीले विशेष सूचना तथा प्राविधिक विश्लेषणका आधारमा घटना भएको भनिएको पाँच महिनापछि उनलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend