९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

चेतन कार्कीको जन्म जयन्तीमा साहित्यिक पत्रिका लोकापर्ण


जनमञ्च संवाददाता
  • २४ कार्तिक २०८१ , शनिबार

  • चेतन कार्कीको जन्म जयन्तीमा साहित्यिक पत्रिका लोकापर्ण

    स्याङ्जा, २४ कात्तिक- फेदीखोला सहित्य प्रतिष्ठानले फेदीखोला साहित्य पत्रिका (त्रैमासिक) पहिलो अंकको लोकापर्ण गरेको छ । बहुप्रतिभाशाली व्यक्तित्व स्व. चेतन कार्कीको ८६ औं जन्म जयन्तीमा फेदीखोला गाउँपालिका १ मा पत्रिका लोकापर्ण तथा जन्मजयन्ती मनाइएको हो ।

    साहित्यिक पत्रिकाको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लापेकापर्ण गरे । कार्यक्रममा साहित्यकार चिन्तु गिरी, लाल कार्की, सीता देवी सुवेदी, रोशन रेग्मी गीत कविता वाचन गरेका थिए ।

    प्रतिष्ठानले पहिलो पटक प्रकाशन गरेको पुष्तकमा ४९ वटा कथा, कविता, गजल, मुक्तक, गीत, जीवनी रहेको प्रतिष्ठानका अध्यक्ष हिमालय जंग बानियाँले बताए । साहित्यिक पत्रिका ९० पृष्ठको रहेको प्रतिष्ठानका अध्यक्ष बानियाँको भनाई थियो ।

    ५० वर्ष चलचित्रमा निर्देशन, लेखन, संवाद, पटकथा, प्राविधिक सल्लाह दिएका कार्कीको फेदीखोला गाउँपालिकाले कक्षा ६ को स्थानीय पाठ्यक्रम हाम्रो फेदीखोलामा जीवनी राखेको छ । परिवर्तन, भूमरी, विश्वास, पहिलो प्रेम लगायतका चलचित्रमा निर्देशन गरेका कार्कीले कान्छी है कान्छी, तिजको लहर आयो बरिलै, माया पिरतीको चोखो कथाजस्ता गीत लेखेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend