९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ढोरपाटनमा जिप दुर्घटना हुँदा चालकको घट्नास्थलमा नै मृत्यु


जनमञ्च संवाददाता
  • २४ कार्तिक २०८१ , शनिबार

  • ढोरपाटनमा जिप दुर्घटना हुँदा चालकको घट्नास्थलमा नै मृत्यु

    बागलुङ, २४ कात्तिक- ढोरपाटन नगरपालिकामा धान लिएर आएको जिप दुर्घटना हुँदा चालकको घट्नास्थलमा नै मृत्यु भएको छ ।

    ढोरपाटन नगरपालिका(३ को टारीबान्द्रे भीरबाट बोलेरो जिप खस्दा चालकको मृत्यु भएको छ । लु १ च ६९३८ नम्बरको जिप ५ सय मिटर तल खस्दा चालक ढोरपाटन-३ पुर्कोटका ३६ वर्षीय किसान बिकको घटनास्थलमै मृत्यु भएको हो ।

    शुक्रबार बेलुकी ८ बजे जिप दुर्घटना भएको खबर ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले प्रहरीमा गरेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक आनन्द बस्नेत नेतृत्व टोलीले घटनास्थलको उद्धार गरेको थियो । घटनाबारे थप खोजी भैरहेको बस्नेतले जानकारी दिए । जिपमा चालक मात्र भएको अनुमान गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend