२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026
पञ्चकोटमा ३२ औं गण्डकी सभा सम्पन्न

पूर्वाधारका कार्यक्रम छिटो सक्नुपर्ने सुझाव


जनमञ्च संवाददाता
  • ३ मंसिर २०८१ , सोमबार

  • पूर्वाधारका कार्यक्रम छिटो सक्नुपर्ने सुझाव

    बागलङ, ३ मंसिर- सर्बसिद्दिधाम पञ्चकोटमा शनिबार ३२ औं गण्डकी सभा सकिएको छ । हरेक महिना फरक फरक विषयमा हुने सभा शुरु भएको ३२ हप्ता पुगेको हो ।

    सभामा गण्डकी प्रदेश सभाकी प्रदेश मामिला तथा कानून समितिकी सभापति चम्पादेवी खड्काले अग्लो कलस जतिसक्यो छिटो निर्माण गरेर धार्मिक पर्यटन भित्राउनुपर्ने बताइन्् । उनले त्यसका लागि चाहिने खर्चको व्यवस्थापनमा सबैको चासो बढाउनुपर्ने बताइन् । प्रदेश सभा र गण्डकी प्रदेश सरकारबाट सक्दो बजेट विनियोजनमा पनि पहल गर्ने उनले बताइन् ।

    यहाँ गुरुयोजना अनुसारका धेरै योजना सम्पन्न भएपनि धेरै काम बाँकी छन् । त्यसका लागि सहयोग जुटाउने काम भैरहेको पञ्चकोट विकास परिषदका अध्यक्ष जगन्नाथ आचार्यले बताए । कार्यक्रममा पञ्चकोट विकास परिषद, पूर्वाधार समितिका उपाध्यक्ष तथा वडा नं. ६ का अध्यक्ष रुद्रबहादुर केसी, वडा नं. ५ का अध्यक्ष हरिप्रसाद शर्मा, जयनारायण कौशलया, गुरुकुलमकी संचालिका गोदा रंगनायकी लगायतले धार्मिक क्षेत्रको महत्व बढीरहेको बेला समयमै पञ्चकोटका संरचना निर्माण सक्नुपर्नेमा जोड दिए ।

    पञ्चकोट विकास परिषदका अध्यक्ष जगन्नाथ आचार्यको अध्यक्षता, सचिव नारायण आचार्यको संचालनमा भएको सभामा पूर्वाधारका काम छिटो सक्नुपर्ने सुझावहरु आएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend