९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गाजाको दहमा महायज्ञ शुरु : सिद्द बराहको पुन निर्माण तथा पर्यटन प्रवद्र्धनकालािग महायज्ञ


जनमञ्च संवाददाता
  • ९ मंसिर २०८१ , आइतबार

  • गाजाको दहमा महायज्ञ शुरु : सिद्द बराहको पुन निर्माण तथा पर्यटन प्रवद्र्धनकालािग महायज्ञ

    बागलुङ, ९ मंसिर -प्रसिद्द गाजा दहलाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्दै स्थापित गर्न शनिवारदेखि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु गरिएको छ । सिद्दबराह मन्दिर संरक्षण समितिको आयोजनामा उक्त महायज्ञ गरिएको हो ।

    गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री टकराज गुरुङले महायज्ञ उद्घाटन गर्दै सरकारको प्राथमिकतामा कृषि उत्पादन र पर्यटन प्रवद्र्धन रहेको बताए । उनले गाजा दह एकसय गन्तव्यमा सूचिकृत गरेपनि पूर्वाधार अभावमा पर्यटक भित्राउन नसकेकोले पहुँचमा पु¥याउन पहल गर्ने बताए । चालुबर्षको बजेटमा सम्बोधन नभएपछि आगामीबर्ष कालीगण्डकी करिडोर देखि मध्यपहाडी जोड्ने सडकले गाजालाई सहज यात्राबाट पुगिने बनाउने उनले घोषणा गरे ।

    स्थानीयले महायज्ञ गरेर राखेको उद्देश्य पुरा गर्न सरकार पनि तयार भएको बताए । उनले त्यस बाहेक हिन्दुजम, बुद्दिजम र टुरिजमको नाराले मात्र नेपालको बिकास हुने बताए । ‘सरकार कसैको धर्मको बिरोधी र समर्थक होइन, तर नेपालको बिकासमा हिन्दुजम, बुद्दिजम र टुरिजम मिल्नुपर्छ’ उनले भने, ‘यी धर्म भित्रका संस्कार, संस्कृति, जातजाती र इतिहास संरक्षण गर्दापनि पर्यटन प्रवद्र्धन हुन सक्छ ।’ उनले भारतका नागरिकलाई मुक्तिनाथ र चीनका नागरिकलाई लुम्बिनी घुमाउन सक्दा दायाँबायाँका गन्तव्यमा एकदुइ दिन अड्याउन मात्रै सके पनि नेपालको अर्थतन्त्र बलियो हुने समेत बताए ।

    कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले ग्रामीण क्षेत्रको सडक संजाल सहज बन्दा अन्य बिकासले गतिलिने र युवा रोजगारका कार्यक्रम ल्याउन सकिने बताए । त्यसकालागि निरन्तर प्रयत्नशिल रहेको भन्दै गाजाको दहको पूर्वाधार बिकासमा पनि भूमिका खेल्ने बताए ।

    जैमिनी नगरपालिका वडा नंं३ का अध्यक्ष कृष्णबहादुर भुजेलको अध्यक्षता, कृष्ण सापकोटाको संचालन र नगर उपप्रमुख हरिहर शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे र काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले पनि शुभकामना मन्त्व्य दिए । महायज्ञ शुरु हुनु अघि स्थमानीयले कलस यात्रा गरेका थिए । त्यस्तै महायज्ञ सफल बनाउन साताअघि देखि स्थानीयहरु ख्टिएका छन् । भौगोलिक रुपमा उचाइमा रहेको स्थानमा महायज्ञ लगाइएको पहिलो पटक हुन सक्ने भन्दै स्थानीयले यो नौलो समेत भएको बताए । गाजा दह समुन्द्री सतहदेखि २ हजार ४ सय ६० मीटर उचाइमा छ ।
    महायज्ञमा शिवदत्त रेग्मीले प्रमुख वाचकको भूमिकामा रहेका छन् भने जैमिनी संकृतन समूहले भजनको व्यवस्थापन मिलाएको छ । महायज्ञ सफल बनाउन जैमिनी नगरपालिकाले काठेखोला तर्फको चापाखर्कदेखि गाजा दह र कुश्मीसेरा देखि दमेक हुँदै गाजा दह जाने सडक समेत मर्मत गराएको छ ।

    महायज्ञमा पहिलो दिन विभिन्न दाताले सहयोग समेत गरेका छन् । महायज्ञकालागि मन्त्री गुरुङले पनि ५५ हजार सहयोग गरेका छन् । महायज्ञ सफल पार्न जैमिनी घर भइ विभिन्न स्थानमा बस्नेहरु पनि आउने क्रम शुरु भएको छ । आगामी १४ गते सम्म महायज्ञ संचालन हुने आयोजकले बताएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend