१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

प्रेस चौतारी बागलुङले मनायो स्थापना दिवस


जनमञ्च संवाददाता
  • १७ मंसिर २०८१ , सोमबार

  • प्रेस चौतारी बागलुङले मनायो स्थापना दिवस

    बागलुङ, १७ मंसिर- प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रमको सुरुवात र बिभिन्न कोषहरुको घोषणा गरेर २० औं स्थापना दिवस मनाएको छ । आइतबार जिल्ला शाखाको २० औं स्थापना दिवसको अबसर पारेर कार्यक्रमको सुरुवात तथा कोष स्थापनाको घोषणा गरिएको हो ।

    प्रेस चौतारी नेपालको स्थापना दिवसका अबसरमा गतवर्ष आयोजना गरिएको प्रेस चौतारी कपको विजेता विद्यालय चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलबाट अभियानको सुरुवात गरिएको हो । आइतबार बिहान आयोजना गरिएको कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसीले राजनीति लगायतका विकास निर्माणका हरेक क्षेत्रमा युवाको आवश्यकता औंल्याए । उनले नयाँ पुस्ताले नयाँ हिसाबले सुरुवात नगरेसम्म देशमा नेतृत्व परिवर्तन र विकास सम्भव नरहेको बताए ।

    कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान सचिव रामकृष्ण शर्मा, केन्द्रिय सदस्य तारानाथ आचार्य, विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठ र पत्रकार महासंघ बागलुङ शाखाका सचिव बिजय रानाले बोलेका थिए । आइतबारबाटै सुरुवात भएको ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रमको केन्द्रिय सदस्य तारानाथ आचार्यले सहजीकरण गरेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष सिर्जना पन्तको अध्यक्षता, सचिव अर्जुन कार्कीको सञ्चालन र उपाध्यक्ष सुवास गौतमको समापनमा सम्पन्न भएको थियो । ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रममा विद्यार्थीहरुलाई पत्रकारिता, उद्घोषण तथा भाषणकला, मनोपरामर्श र योगको तालिम दिइने अध्यक्ष पन्तले बताईन् ।

    विद्यार्थीहरुलाई पत्रकारिताको बारेमा जानकारी गराउनुका साथै आधारभूत पत्रकारिता र उद्घोषणा तालिम संचालन गर्न ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम गर्न लागिएको सचिव अर्जुन कार्कीले बताए ।

    यस्तै स्थापना दिवसको अवसरमा चौतारीले पत्रकार सम्मेलन गरेर दुई कोषको घोषणा गरेको छ । गत वर्ष आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताबाट बचत भएको रकमबाट ‘प्रेस चौतारी संस्थागत बिकास कोष’ र ‘प्रेस चौतारी कप कोष’को घोषणा गरिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend