९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मैत्रीपूर्ण छात्रा क्रिकेटमा अमर आदर्श बिजयी


जनमञ्च संवाददाता
  • १० पौस २०८१ , बुधबार

  • मैत्रीपूर्ण छात्रा क्रिकेटमा अमर आदर्श बिजयी

    बागलुङ, १० पुस-स्वतन्त्र बिद्यार्थी युनियन, धौलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेटमा छात्रा तर्फको खेल अमर आदर्श माबिले जितेको छ ।
    ३ समूहले खेलेको खेलमा क्याम्पसका दुइ र अमर आदर्शको एउटा टिम सहभागी थियो । मंगलबार भएको खेलमा अमर आदर्शले धौलागिरि बहुमुखी क्याम्पसको बी समूहलाई ७ रनले पराजित गरेको हो । अमर आदर्शले दिएको ३२ रनको लक्ष्य पच्छ्याएको क्याम्पस २४ रनमा समेटीएको थियो ।
    त्यसअघि अमर आदर्शले क्यामपसकै ए समूहलाई ५ वीकेटले पराजित गरेको थियो । क्याम्पसले दिएको १९ रनको लक्ष्य अमर आदर्शले ५ विकेटको क्षतिमा ३.१ ओभरमा पुरा गरेको थियो । खेल ५ ओभरमा खेलाइएको थियो । मंगलबारदेखी नै छात्र तर्फको खेल पनि शुरु भएको छ । छात्रतर्फ भने १० ओभरको खेल खेलाइने छ ।
    मंगलबार गण्डकी प्रदेश सभाका सदस्य द्रोण कुँवरले खेलको उद्घाटन गर्दै खेल क्षेत्रको बिकासमा राज्यको लगानी बढाउनु पर्ने बताए । उनले खेलकुदको लागि आवस्यक सहयोग गर्ने समेत बताए । स्ववियु सभापति सुदिपसागर कंडेलको अध्यक्षता, कोषाध्यक्ष सृष्टी आचार्यको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा क्यामपस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापा र नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुभाष आचार्यले पनि मन्त्वय राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend