९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

संविधानले दिएको अधिकार खोज्न वडा सदस्य मञ्च


जनमञ्च संवाददाता
  • १२ पौस २०८१ , शुक्रबार

  • संविधानले दिएको अधिकार खोज्न वडा सदस्य मञ्च

    बागलुङ, १२ पुस-जिल्लाका स्थानीय तहमा वडा सदस्य मञ्च गठन प्रकृयाले गति लिन थालेको छ । गत वर्ष बागलुङ नगरपालिकाका वडा सदस्यहरुको भेलाले मञ्च गठन गरेको थियो ।

    मञ्चले जिल्लाका सबै पालिकामा मञ्च गठनका लागि पहल थालेको हो । वडा सदस्यहरुले आफ्नो हकहित र अधिकारका लागि मञ्च गठन गर्न थालेका हुन् ।

    वडा सदस्य मञ्च बागलुङ नगरपालिकाले बिहिबार जिल्लाको काठेखोलाका कार्यबहाक अध्यक्ष तेजबहादुर थापासहित कार्यपालिका सदस्य र वडा सदस्यलाई भेटेर मञ्च गठनको पहल गरेको छ । ‘हामी जिल्लाका दशवटै स्थानीय तह पुग्दै छौं, काठेखोलामा पहिलो भिजिट हो’ वडा सदस्य मञ्च बागलुङका संयोजक अर्जुन घिमिरेले भने ‘यो एउटा प्रकृया हो, पालिका प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षहरुकै सहयोगमा मञ्च गठन हुनेछन् ।’

    संविधानले तोकेका काम, कर्तव्य र अधिकार प्रयोगका लागि मञ्च गठन गर्नुपरेको उनले बताए । भुमिकाहिन वडासदस्यलाई कृयाशिल बनाउन, वडा र पालिकाका काममा थप सहयोगी बन्न वडा सदस्यलाई प्रेरित गर्नेगरी मञ्च गठन गर्न थालिएको घिमिरेले बताए ।
    पालिकाभित्रको चौतर्फी विकासमा टेवा पुर्याउन मञ्च गठन गरिएको उनको धारणा थियो । बागलुङ नगरपालिकाको वडा सदस्य मञ्चका पदाधिकारीसँग गाउँपालिकाका कावा अध्यक्ष तेजबहादुर थापाले रचनात्मक कामका लागि गठन हुने युनियनहरुलाई गाउँपालिकाले स्वागत गर्ने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend