९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

खेलकुदका अध्यक्ष खड्कालाई सम्मान


जनमञ्च संवाददाता
  • १४ पौस २०८१ , आइतबार

  • खेलकुदका अध्यक्ष खड्कालाई सम्मान

    बागलुङ, १४ पुस- जिल्ला खेलकुद विकास समिति बागलुङले अध्यक्ष कुमार खड्कालाई सम्मान गरेको छ । केही महिना पहिले भारतको सुकरात सामाजिक अनुसन्धान विश्वविद्यालयबाट मानार्थ विद्याबारिधि पाएका खड्कालाई समितिले सम्मान गरिएको हो ।

    शनिबार एक समारोहको आयोजना गरी समितिका पदाधिकारी तथा सदस्यहरुले खादा, माला र सम्मानपत्रले खड्कालाई सम्मान गरेका हुन् । उनले पाएको मानार्थ विद्याबारिधिले जिल्लाको खेलकुद क्षेत्रमा सम्मानको वातावरण बनेको भन्दै समितिले सम्मान गरेको हो ।

    सम्मानपछि बोल्दै खड्काले आँफुले सुकरात सामाजिक अनुसन्धान विश्वविद्यालयबाट पाएको विद्याबारिधिको बिषयमा अनेक टिकाटिप्पणी भएपनि समाजिक क्षेत्रमा गरेका कामको मुल्यांकन भएकाले बिचलित नभएको बताए । कुखुरापालक संघको अध्यक्ष बनेर बोल्दादेखी निर्माण व्यवसाय र राजनीतिसम्मका कामको मुल्यांकन भएको उनले बताए ।

    खड्कालाई सम्मान गर्न जिल्लामा क्रियाशिल खेलकुद संघका अध्यक्ष तथा पदाधिकारी, बिभिन्न खेलका प्रशिक्षकहरु सहभागि थिए । खेलकुद विकास समितिका उपाध्यक्ष समिक्षा थापाको अध्यक्षता, तेक्वान्दो प्रशिक्षक परशुनारायण बोहोराको स्वागत र खेलकुद विकास समितिका पूर्व लेखापाल यामबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend