२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन अध्यादेश : मन्त्री पाण्डे


जनमञ्च संवाददाता
  • २० माघ २०८१ , आइतबार

  • निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन अध्यादेश : मन्त्री पाण्डे

    बागलुङ, २० माघ- संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री प्रसाद पाण्डेले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । नेपालका कतिपय कानूनका कारण निजी क्षेत्रले असहज महशुस गरेको र तत्काल ऐन बनाउन सम्भव नभएकाले सरकारले अध्यादेशको बाटो रोजेको उनको जिकिर थियो ।

    ठुला दुई पार्टी मिलेर बनेको सरकार सर्वसाधारणका समस्यासँग जोडिन नसकेको गुनासो बढेकाले तत्कालिन बाधा फुकाउन अध्यादेश ल्याएको पाण्डेले बताए । ‘अध्यादेश लगानीमैत्री वातावरण बनाउन ल्याएको हो’ मन्त्री पाण्डेले भने, ‘सरकारले मात्रै सबैलाई रोजगारी दिन सक्दैन, निजी क्षेत्रले लगानी गर्ने वातावरण बने देश र जनता सबैलाई फाईदा हुन्छ ।’

    उनले अध्यादेश अन्तिम कानून नभएको समेत बताए । सार्वभौम संसदले अध्यादेशमा रहेका त्रुटी सच्याउने र छुटेका विषय समावेश गर्ने अधिकार सुरक्षीत रहेको उनको भनाई थियो । पाण्डेले सरकार पर्यटनको क्षेत्रमा सम्भावनाको खोजी गर्ने काममा लागिरहेको बताए ।

    नेपाल उद्योगा वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बागलुङ बजारमा सुरु गरेको होटल इला कम्फर्टको शनिबार उद्घाटन गर्दै पाण्डेले पर्यटकको चाहना अनुसारका पर्यटनका संरचना बनाउनुपर्नेमा जोड दिए । उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारले देशका गाउँ गाउँमा पर्यटनको सम्भावनाको उजागर गर्न निजी क्षेत्रको भुमिका प्रभावकारी देखिएको बताए । उनले देशलाई खुल्ला संग्राहलय बनाउन सकिने सम्भावना रहेको समेत चर्चा गरे ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य दिपक गिरी, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल लगायतले बोलेका थिए । होटल सञ्चालक ढकालले जिल्लामा अपुग रहेको पर्यटकको बासस्थान पुरा गर्न होटल सञ्चालनमा ल्याएको बताए ।

    इला कम्फर्टका अध्यक्ष सचिन ढकालका अनुसार यो होटल ३ रोपनी क्षेत्रमा फैलिएको छ । ३० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको यो होटलमा ३० वटा कोठा छन् । थ्री स्टारको मान्यता बराबरको यो होटलको रूमभित्रका सुविधा भने ५ तारे सरहको सुविधा रहेको अध्यक्ष ढकालले जानकारी गराए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend