१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

सही सूचना संप्रेषणको आवस्यकता छ ः सभामुख धिताल


जनमञ्च संवाददाता
  • २५ फाल्गुन २०८१ , आइतबार

  • सही सूचना संप्रेषणको आवस्यकता छ ः सभामुख धिताल

    बागलुङ/गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले सही सूचना अहिलेको आवस्यकता भएको बताएका छन् । उनले हल्लाको भरमा आएका सूचनालाई संचारमाध्यमले समाचार बनाउन नहुने पनि बताए । गल्ती भएको समाचार खण्डन गर्ने र सच्याउने काम पत्रकारिताको भएको पनि बताए ।
    अन्नपूर्ण मल्टी मिडिया प्रा.लि.ले बागलुङबाट संचालनमा ल्याएको ‘साझा जनआवाज’ नामक अनलाइनको उद्घाटन गर्न आएका सभामुख धितालले खण्डन नभएका कैयौं समाचार गलत नजिरको रुपमा रहने भएकोले पत्रकारले धेरै मेहेनत गरेर सत्य समाचार बनाउनु पर्ने बताए । ‘पत्रकारिताले धर्म निर्वाह गर्नुपर्छ, त्यो सत्यको धर्म हो’ उनले भने, ‘गलत भयो भने त्यो बेलैमा सच्चाउनुपर्छ ।’ समयमा सच्याउन नसक्दा समाजमा भ्रम उत्पन्न हुने पनि उनले बताए ।
    साथै धितालले गण्डकी प्रदेश सरकारले छिटै गुरुङ र मगर भाषालाई कामकाजी बनाउन लागेको बताए । उनले त्यसका लागि संसदमा विधेयक दर्ता भएर छलफलमा आएको बताए । सरकारले ल्याएको विधेयक संसदमा दर्ता भएर विषयगत छलफलमा रहेकोले हिउँदे अधिवेसनबाटै यो उपयोगमा आउने उनको भनाइ छ । बहुसंख्यक जनताको भाषा संरक्षणमा त्यसले सहयोग पुग्ने धिताको भनाई छ ।
    गण्डकी प्रदेशको संसदले गाँजा खेतीलाई व्यवस्थित र बैधानिक बनाउने कानून निर्माणमा पनि कसरत गरिरहेको जानकारी दिए । स्थानीय मदिरालाई ब्राण्ड गर्दा स्वदेशी पूजिको बचत हुने उनले बताए । ती सबै काममा गण्डकी सरकारले तयारी गरेको र संसदमा पनि छलफलमा रहेकोले संचार माध्यमले नागरिकस्तरमा पु¥याइदिन आग्रह गरे ।
    सभामुख धितालले संचार माध्यमले पनि बहुसंख्यक नागरिकको भाषा बोल्नुपर्ने बताए । उनले आम नागरिकको भावनालाई उजागर गर्ने धर्म निर्वाह गर्न पनि संचारक्षेत्रलाई आग्रह गरे । ‘आम नागरिक के चाहन्छन् भन्ने कुरा संचार माध्यमले ल्याउनु पर्छ’ उनले भने, ‘कसैको मात्र बन्दा संचार माध्यमकै लोकप्रियता घट्छ ।’ उनले अनुशासनमा भने सबै बस्नुपर्ने धारणा राखे । पछिल्लो समय व्यवस्था विरोधी गतिविधि बढेपनि संचार माध्यमले लोकतन्त्र र गणतन्त्रका विषयलाई प्राथमिकता दिनुपर्ने समेत बताए ।
    अनलाइनका सम्पादक अनिष खातीको अध्यक्षता, पत्रकार महासंघका सदस्य संगम घर्तीको संचालन र प्रधान सम्पादक पार्वती थापाको स्वागतमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभा माओवादी केन्द्रकी प्रमुख सचेतक कुशुम बुढा, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, एमालेका सचिव गणेश थापा, क्रान्तिकारी नेपाल कम्प्युनिष्ट पार्टीका सेक्रेटरी दलसिंह थापा, बानपा ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्री, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा अविरल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, प्रहरी प्रमुख ऋषिराम कंडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । अनलाइनले युट्युव टिभी समेत संचालन गर्ने भएको कार्यकारी सम्पादक विनोद प्रतिक थापाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend