९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गाजा दहमा सिद्ध बराहको मुर्ति निर्माण हुँदै


जनमञ्च संवाददाता
  • ३ चैत्र २०८१ , आइतबार

  • गाजा दहमा सिद्ध बराहको मुर्ति निर्माण हुँदै

    बागलुङ, ३ चैत-जिल्लाको जैमुनी नगरपालिका वडा नं. ३ स्थित गाजादह मन्दिर परिसरमा सिद्ध बराहको मुर्ति निर्माण गरिने भएको छ । मन्दिर व्यवस्थापन समितिको १० लाख र दाताबाट १० लाख रुपैयाँ जुटाएर २० लाखको लागतमा २० फिट अग्लो मुर्ति निर्माण गर्न शुरु गरिएको जैमुनी नगरपालिका ३ का वडा अध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए ।

    केही महिनाअघि गाजा दहमा गरिएको महायज्ञबाट ७२ लाख उठेको र सोही मध्येबाट १० लाख मुर्ति स्थापनाका लागि छुट्टाईएको भुजेलले बताए ।
    मुर्तिको शिलन्यास साविकको दमेक गाविस वडा नं. ७ का पुर्व वडा अध्यक्ष मानबहादुर छन्त्यालले गरे । सो अवसरमा बोल्दै उनले गाजा दहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सबैको ध्यान जानुपर्ने बताए । उनले सिद्ध बराहको मुर्ति निर्माणका लागि १ लाख २५ हजार सहयोगको घोषणा समेत गरेका छन् । यस्तै जैमनी ९ दमेक देउरालीखानीका डम्बर बहादुर छन्त्याल र उनकी पत्नी भिमकली छन्त्यालले जनही एक÷एक लाख सहयोगको घोषणा गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष यज्ञप्रसाद सापकोटा, कोषाध्यक्ष कृष्णप्रसाद सापकोटा, पुर्व वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, जैमुनी ३ का पुर्व वडा अध्यक्ष वेदबहादुर छन्त्याल, प्रेमबहादुर छन्त्यालले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सिद्ध बराह मन्दिर संरक्षण समितिका अध्यक्ष लोकबहादुर छन्त्यालको अध्यक्षता, सदस्य ऋषिराम सापकोटाको स्वागत र वडा सचिव सिमाना छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend