२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

स्ववियु हारेपछि नेविसंघ जिल्ला अध्यक्षको राजिनामा


जनमञ्च संवाददाता
  • ८ चैत्र २०८१ , शुक्रबार

  • स्ववियु हारेपछि नेविसंघ जिल्ला अध्यक्षको राजिनामा

    बागलुङ, ८ चैत- नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुलीले राजिनामा दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीले हस्तक्षेप गरेर चरम गुटबन्दी समेत गर्दा हार व्यहोर्नु परेको भन्दै उनले राजिनामा दिएको बताए ।

    धौलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा नेविसंघको सभापति उमेदवार सृष्टी आचार्य पराजित भएकी छिन् । सभापतिमा अखिलकी आस्मिन शेख विजयी भइन् । नेविसंघको बागी उठेका दिपक सुवेदीले समय सकिएपछि मिडप्याक गरेका थिए । उमेदवारी दिएको स्वतन्त्र समूहले १२२ मत ल्याएको थियो भने आचार्यले ६१ मतले हारेकी थिइन् । निर्वाचनमा अखिलले एक सदस्य मात्रै जितेको छ भने अन्य सबै पदमा नेविसंघका उमेदवार विजयी भएका थिए । उमेदवार छनौट प्रकृयाबाटै पार्टीले हस्तक्षेप गरेको उनको आरोप छ ।

    राजिनामा पत्रमा पराजुलीले लोकतन्त्र हार स्विकार गर्ने व्यवस्था भएकोले हारलाई सहर्ष स्विकार गरेर जित्ने उमेदवारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्दता समेत जनाएका छन् । पार्टी नेतृत्वको अलोकतान्त्रिक, अराजनीतिक र गैरजिम्मेवार चरित्रका कारण हामीले आफ्नै संघर्षको इतिहासलाई न्याय गर्न सकेनौं’ उनले भनेका छन्, ‘कर्तव्य पालना गरेर पनि परिणाम दिन नसकेपछि हारको नैतिक जिम्मेवारी लिएर राजिनामा गर्दछु ।’ उनले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई सम्बोधन गरेर उक्त राजिनामा दिएका हुन् । साथै, उक्त पत्रको बोदार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई पनि दिइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend