बागलुङ, १९ चैत- राजतन्त्रको भण्डाफोर र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सन्देश दिन नेकपा एमाले जिल्ला कमिटि बागलुङ सदरमुकाममा जुलुस प्रदर्शनसंगै लोकतान्त्रिक चोकमा जागरण सभा सम्पन्न गरेको छ ।
जुलुस प्रदर्शनपछि लोकतान्त्रिक चोकमा परियाण भएको जागरण सभालाई सम्बोधन गर्दे नेकपा एमालेका केन्द्रिय पोलिव्युरो सदस्य मनकुमारी केसी, केन्द्रिय सदस्यद्वय इन्द्रलाल सापकोटा र डा. सूर्य पाठकले जनताको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने, जनताको अधिकार हनन् गर्ने जस्ता हर्कतका कारण नेपालको राजतन्त्र इतिहासमा सिमित भएको चर्चा गर्दै राजतन्त्र फर्काउने प्रतिगामी शक्तिहरुको प्रपञ्च केवल सपनामा मात्रै सिमित हुने चेतावनी दिए ।
मरिसकेको राजतन्त्र व्युउँताउने नाममा एउटा स्वार्थी जमात ठाउँ ठाउँमा नारा लगाउँदै देशमा फेरी अराजकता सिर्जना गर्न खोजीरहेको वक्ताहरुको भनाई थियो । राजतन्त्रकै कारण देश विकासमा धेरै वर्षपछि परेको धारणा व्यक्त गर्दै नेताहरुले भने, ‘राजतन्त्र फर्काउने नाममा देशलाई अद्योगतितर्फ धकेल्ने केही अराजक तत्वहरु सल्बलाउन थालेका छन्, उनीहरु कहिल्यै सफल हुँदैनन् ।’
कार्यक्रममा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताए । ‘नेपाली जनताले चाहेको समृद्व र समाजवादी मुलुकको यात्रालाई कसैले रोक्न नसक्ने बताउँदै केसीले भने, ‘मुलुकमा भईरहेका प्रतिगामी हर्कतविरुद्व अब जनता जागरुक हुनुपर्छ ।