९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जुवा खेलाउनेलाई नगर प्रहरी समात्ने, जिल्ला प्रहरी छाड्ने


जनमञ्च संवाददाता
  • १६ बैशाख २०८२ , मंगलबार

  • जुवा खेलाउनेलाई नगर प्रहरी समात्ने, जिल्ला प्रहरी छाड्ने

     

    बागलुङ, १६ बैशाख- अबैध रुपमा जुवा खेलाएको देखेपछि नगर प्रहरीले केही मानिस पक्राउ गर्छ । सामान बरामद गर्छ र जिल्ला प्रहरीलाई बुझाउँछ । तर, प्रहरीले उनीहरुलाई छाडी दिन्छ ।

    यो घटना बागलुङ बजारमा भएको हो । अवैध ढंगले जुवा (गोटी) खेलाएर पैसा असुल्नेलाई जिल्ला प्रहरी कार्यालय बागलुङले मुद्दा नचलाई छाडेको हो । प्रहरीको आँखा अगाडि नै लामो समयदेखि बागलुङ नगरपालिका १ बाङगेचौरको लामो पुल परिसरमा अवैध ढंगले गोटी खेलाई सोझासाझा स्थानीयबाट रकम ठगी भैरहेको थियो ।

    पटक पटक देखेपछि बागलुङ नगरपालिकाको नगर प्रहरीले ती व्यक्तिलाई नियन्त्रण लिएर प्रहरीलाई जिम्मा लगाएको थियो । सोमबार प्रहरीले रीत नपुगी समातेको भन्दै उनीहरुलाई छाडेको हो । यसअघि पनि नगर प्रहरीले विभिन्न समयमा गोटी नियन्त्रणमा लिन प्रहरीलाई खबर गरेपनि प्रहरीले चासो नदिएको हो । सोमबार पुल परिसरबाट गोटी खेलाईरहेका पोखरा उप महानगरपालिका १७ विरौटाका कृष्ण घिमिरे र जैमिनी नगरपालिका ६ का कृष्ण थापालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए पनि प्रहरीले फिर्ता पठाएको हो ।

    दुई जनाको साथबाट ३ थान गोटी र नगद १० हजार ३ सय ३० नगर प्रहरीले बरामद गरेको छ । नगर प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति रितपूर्वक नपठाएको भनि फिर्ता पठाएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । नगर प्रहरीले क्षेत्राधिकारभन्दा बाहिर गएर नियन्त्रणमा लिएको, मुचुल्का नउठाई नियन्त्रण लिएकोले कानुन सम्वत नभएको र पक्राउ गरेपछि मुद्दा चलाउन कानुनी जटीलता हुने भएकोले फिर्ता पठाएको कँडेलको भनाइ छ । नगर प्रहरीले नियन्त्रणमा दिएका २ जनालाई प्रहरीले बुझ्न नमानेपछि नगरपालिकाले त्यसै छाड्न बाध्य भएको छ ।

    अवैध ढंगले लामो समयदेखि बागलुङ बजारको विभिन्न स्थानमा जुवा खेलाएर सोझा स्थानीयसँग पैसा असुल्ने कार्य गरिरहेपनि प्रहरी प्रशासन यस विषयमा मौन भएर बस्ने गरेको छ । गत चैतेदशै मेलामा पनि प्रहरीकै अगाडि निरन्तर जुवा खेलाउनेहरु थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend