९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जैमिनीका विपन्न बस्तीमा कानूनी साक्षरता अभियान सञ्चालन


जनमञ्च संवाददाता
  • ६ जेष्ठ २०८२ , मंगलबार

  • जैमिनीका विपन्न बस्तीमा कानूनी साक्षरता अभियान सञ्चालन

    बागलुङ, ५ जेठ-जैमिनी नगरपालिकाले वडा तहका विपन्न, दलीत र पछाडि पारिएको बस्तीमा कानूनी साक्षरता अभियान संचालनमा ल्याएको छ । न्यायिक समितिले दैनिक जीवनमा आइपर्ने समस्या समाधान र अत्यावस्यक कानूनबारे सर्वसाधारणलाई जानकारी दिन यो अभियान चलाइएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

    पहिलो चरणमा दशवटा वडा भित्रका बिपन्न र दलीत समुदाय बढी भएको बस्तीमा यो अभियान संचालनमा ल्याइएको हो । त्यसपछि क्रमशः मावि तहको विद्यालयमा पनि प्रशिक्षण चलाइने उपप्रमुख शर्माले बताए । न्यायिक सचेतना नामाकरण गरेर नगरपालिकाले न्यायिक समितिको काम, कर्तव्य, अधिकार, वडा मेलमिलाप केन्द्रको आवस्यकता र भएका काम तथा मेलमिलापकर्ताको भूमिकाबारे पनि जानकारी गराएको हो ।

    नेपालको संविधानमा उल्लेख भएअनुसारका मौलिक हकहरुको बारेमा जानकारी गराउने र बालबालिका सम्बन्धी ऐनहरुको जानकारी पनि गराइएको हो । उच्च अदालत बागलुङ, बार एसोसिएसनको सहकार्यमा नगरले यो अभियान चलाएको हो । हरेक कार्यक्रममा बारका सदस्य तथा अधिवक्ताले प्रशिक्षण चलाइरहेका छन् । ‘संविधानले हामीलाई के कस्तो अधिकार दिएको छ, त्यसको जानकारी दिने काम गरेका छौं’ शर्माले भने, ‘‘बालमैत्री शासनयुक्त नगर घोषणाको तयारीमा रहेकाले कानूनी बिषय सिकाउनुपरेको हो ।’’

    घरेलु हिंसा कसुर र सजाय ऐन २०६८, विद्युतीय कारोवार ऐन २०६३, बालयौन दुव्र्यवहार, लेनदेन, साइवर क्राइमका ऐन र कानूनबारे पनि प्रशिक्षण गराइएको नगरपालिकाकी न्यायिक सहजकर्ता बिनिता शर्माले बताइन् । यो अभियानले नागरिकलाई कानूनबारे प्रष्ट भएर आइपर्ने समस्या समाधानमा योगदान पुग्ने बताइएको छ ।

    त्यस बाहेक जैमिनीले गठन गरेको वडा मेलमिलाप केन्द्रबारे जानकारी दिने, समस्या परेमा मेलमिपाल केन्द्रमा जान सुझाउने गरिएको छ । मेलमिलाप हुन नसकेका विषयमा न्यायिक समितिले निरुपण गर्ने पनि प्रष्ट पारिएको हो । यो अभियानमा उपप्रमुख हरिहर शर्मा, वडा अध्यक्षहरु, सचिवहरु, न्यायिक सहजकर्ता, उजुरी प्रशासक र न्यायिक समितिका पदाधिकारी समेत समुदायमा पुगेर सहजीकरणमा साथ दिएका छन् ।

    समाजमा मेलमिलाप कायम गर्ने, न्यायका लागि मुद्दा लड्न सदरमुकाम जानुपर्ने झन्झट हटाउने, जनतालाई आइपर्ने झमेला र खर्चको कमी गराउने लक्ष्यले यो काम गरिएको शर्माको भनाइ छ । यो अभियानको प्रभावकारिता हेरेर आगामी वर्ष विद्यालय तहमा कानूनी शिक्षा नै दिने व्यवस्थापन गर्न पनि पहल भएको हो ।

    अभियान संचालन भएका स्थानमा महिला र लक्षित समूदायहरु न्युनतम पचासदेखि ए सय जना सम्मको सहभागिता रहेको उजुरी प्रशासक सुरेश ओलीले बताए । यो अभियानमा अधिवक्ता हरिप्रसाद गौतम, गीता श्रीष, प्रकाश बरालले सहजीकरण गरिसकेका छन् । वडा नं. १, २, ३, ४, ५, ६, ९ र १० मा कार्यक्रम सम्पन्न भैसकेको छ भने वडा नं. ७ र ८ मा पनि छिट्टै कार्यक्रम सम्पन्न गरिने बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend