बागलुङ, १५ फागुन – ४०औं मगर दिवशको अबसरमा बागलुङमा संचालित प्रथम लखनकप भलिबल प्रतियोगिता आइतवार बेलुकी सम्पन्न भएको छ ।
पहिलो पटक नेपाल मगर बिद्यार्थी संघ बागलुङ, नेपाल मगर युवा संघ बागलुङ र नेपाल मगर संघ बागलुङ नगरको आयोजनामा सम्पन लखन कप बागलुङको उपाधि गलकोट नगरपालिका ७ को मल्लको टिमले जितेको छ ।
वडा स्तरीय खेलमा गलकोटकै वडा नंं १० पाण्डवखानी द्वितिय भयो । १५ टिमले भाग लिएको प्रतियोगितामा मल्मले ३–१को सेटमा पाण्डवखानीालई पराजित गरेको थियो ।
भलिबल खेल जितेर प्रथम हुनेले ८१ ह्जार र द्वितिय हुनेले ४१ हजार नगद पुरस्कार पनि पाए । आइतवार भएको महिला भलिबलमा बडिगाड गाउँपालिकाले ताराखोला गाउँपालिकालाई पनि ३ –१ सेटमा पराजित गरेको थियो । महिला तर्फ ७ र पुरुष तर्फ १५ टिमले भाग लिएका थिए ।