पोखरा, ७ चैत – पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र मेश्रम वराह भिड्ने भएका छन् । त्यस्तै छात्रातर्फ शान्ता मावि र लक्ष्मी माविबीच उपाधि भिडन्त हुने भएको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आइतबार भएको सेमीफाइनल खेलमा छात्रतर्फ मेश्रम वराह माविले कालिका माविलाई र शान्ता माविले ईन्द्रराज्य लक्ष्मी माविलाई पराजित गर्दै फाइनल भिडन्त सुरक्षित गरेका हुन् ।
त्यस्तै, छात्रातर्फ लक्ष्मी माविले भद्रकाली माविलाई र शान्ता माविले विन्ध्यबासिनी माविलाई पराजित गर्दै उपाधि भिडन्तका लागि भेट पक्का गरेका हुन् । प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो हुने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।