१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

जनजाती संग्राहलयलाई पूर्णतादिने एमालेको प्रतिवद्धता


जनमञ्च संवाददाता
  • २२ बैशाख २०७९ , बिहिबार

  • जनजाती संग्राहलयलाई पूर्णतादिने एमालेको प्रतिवद्धता

    बागलुङ, २२ बैशाख– नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी सभा तथा घरदैलो कार्यक्रम बुधबार वडा नं. ४ तंग्रामका विभिन्न स्थानमा सम्पन्न भएका छन् ।
    चुनावी सभामा बोल्दै एमाले गण्डकी प्रदेश कमिटि सदस्य रामबहादुर जिसीले पाँचतिर फर्किएका राजनीतिक दलहरुले सत्ता स्वार्थका कारण गरेको गठबन्धन स्थानीय तहको निर्वाचन सकिदा नसकिदै भत्कने बताएका छन् ।
    सत्ता स्वार्थका लागि गरिएको गठबन्धनले चुनाव नजिते उनीहरुका बीच मारामार हुने र चुनाव जिती हाले पनि पहिलो बैठकबाटै झगडा शुरु हुने भएकाले जनताले विचार गरेर मतदान गर्नुपर्ने उनको भनाई थियो ।
    कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य हरि बहादुर कुँवर र जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले काठेखोलाको विकास र समृद्धिका लागि एमाले नेतृत्वलाई विजयी गराउन आव्हान गरेका थिए ।
    एमालेका तर्फबाट काठेखोलामा अध्यक्षका उमेदवार डिल बहादुर कार्कीले एमालेले अघिल्लो निर्वाचनमा तंग्राममा जनजाती संग्राहलय निर्माण गर्ने प्रतिवद्धता गरेअनुरुप संग्राहलय निर्माण कार्य शुरु भएको र आगामी कार्यकालमा त्यसलाई पूर्णता दिइने बताए ।
    चुनावी सभाभन्दा पहिला काठेखोला गाउँपालिकामा एमालेका उमेदवारहरु र नेता कार्यकर्ताहरुको टोलीले तंग्रामका फापरखेत, पेरिवाङ चिल्लेडाडा, रानीकराङ, ठुलोगाउँ लगायतका स्थानमा घरदैलो टोल भेला सम्पन्न गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend