१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

जिसस बागलुङको प्रमुखमा राजमोका अमर थापा सर्वसम्मत


जनमञ्च संवाददाता
  • २६ जेष्ठ २०७९ , बिहिबार

  • जिसस बागलुङको प्रमुखमा राजमोका अमर थापा सर्वसम्मत

    बागलुङ, २६ जेठ – जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा चयन भएका छन् । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उमेद्वारहरु सर्वसम्मत चयन भएका हुन् ।

    जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिहिबार दुई बजेसम्म सत्ता गठबन्धनका उमेद्वारबाहेक कसैको पनि उमेद्वारी नपरेकाले प्रमुख र उपप्रमुखसहित ९ जना सदस्य सर्वसम्मत चयन भएको सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले बनाए ।

    राष्ट्रिय जनमोर्चाको तर्फबाट उमेद्वारी दिएका थापा र नेपाली कांग्रेसको तर्फबाट उमेद्वारी दिएका शर्मासहित जिल्ला समन्वय समितिमा तीन दलको सहभागिता छ ।

    सदस्यहरुमा महिला सदस्य नेपाली कांग्रेसको तर्फबाट उमेद्वारी दिएकी हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट उमेद्वारी दिएकी जसोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उमेद्वारी दिएकी धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन् ।

    अल्पसंख्यक दलित सदस्यतर्फ नेपाली कांग्रेसबाट उमेद्वार बनेकी कौशीला बिक निर्वाचित हुँदा खुल्ला सदस्यतर्फ माओबादी केन्द्रका तर्फबाट हर्क बहादुर पाण्डे, कांग्रेसबाट टेक बहादुर अर्गेजा र पदम बहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका हुन् ।
    मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनका प्रकृया पुरा गरेर घोषणाको तयारी गरिरहेको सापकोटाले बताए ।

    बागलुङमा एउटा मात्रै प्रमुख जितेको नेकपा एमालेले कुनैपनि पदमा उमेद्वारी नदिएपछि सत्ता गठबन्धनमा रहेका दलहरुका बिचमा भएको सहमति अनुसार उमेद्वारी दिएका सबै सर्वसम्मत भएका हुन् ।

    सत्ता गठबन्धनमा भएको सहमती अनुसार प्रमुख राजमो र उपप्रमुख नेकपा एसलाई परेको थियो । तर नेकपा एसका सचिवालय सदस्य होमनाथ शर्मा जैमिनी नगरपालिकाको वडा सदस्यमा नेपाली काग्रेसको टिकटबाट रुख चिन्ह लिएर चुनाव जितेका हुन् । सोही कारण जिल्ला समन्वयको उपप्रमुख पनि नेपाली कांग्रेसको टिकट लिएर नै मनोनय दर्ता गरे । कांग्रेसले नै टिकट दिएका कारण उनी कांग्रेस कै तर्फबाट उम्मेदवारीमा गनिएका छन् ।

    त्यस्तै, जिल्ला समन्वय सदस्यमा उम्मेदवारी दिएकी जशोदा शर्मा नेकपा माओवादी केन्द्रको नेता भएपनि बागलुङ नगरपालिकाको वडा सदस्यमा उनी एकिकृत समाजवादीको टिकट लिएर चुनाव जितेकी हुन् । सोही कारण उनी जिल्ला समन्वय समितिमा नेकपा एसको टिकट लिएर कलम चिन्हबाट उम्मेदार बनिन् । निर्वाचनको अभिलेखमा शर्मा नेकपा एसको उम्मेदवारीमा गनिएकी हुन् ।
    अन्य सदस्य भने आआफ्नै पार्टीबाट जिल्ला समन्वय समितिमा उम्मेदवार बनेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend